National
»
अाेलीले प्रचण्डलाइ भने– गठबनधनबाट बाहिर जानुहुन्छ भने जानुस् मेरो भन्नु केही छैन
अाेलीले प्रचण्डलाइ भने– गठबनधनबाट बाहिर जानुहुन्छ भने जानुस् मेरो भन्नु केही छैन

काठमाडौं, जेठ २६ । भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ ।
गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले वामगठबन्धन जोगाउनपर्ने र भारतसँग लड्नुपर्ने अवस्था विद्यमान रहेको तर्क प्रस्तुत गर्दै भने, ‘यो सधैंको खटपट म सुन्न चाहन्न, तपाईंलाई यो गठबनधनबाट बाहिर जानु छ भने जानुस् मेरो भन्नु केही छैन, होइन भने भद्र सहमतिका नाममा अभद्र कुरा गर्दै हिँड्ने काम बन्द गर्नुपर्यो ।’
ओलीको रौद्र रुप देखेर रिस पोख्न पुगेका प्रचण्ड आफैँ ठण्डा भएर भने, ‘म राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने पक्षमा छु, तपाईंलाई हटाएर बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने मेरो चाहना होइन ।’ आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
0 comments
Write Down Your Responses