मनीषा हत्याको प्रमाण केहि पनि भेटिएन: प्रहरी

शंकास्पद अवस्थामा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषको मृत्यु हत्याबाटै भएको यथेष्ट प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । मनीषा नवलपरासी बर्दघाट नगरपालिका–८ स्थित पञ्चनगर गाउँस्थित आफ्नै घरमा गत जेठ १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । मनीषको मृत्युको घटना सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा बढी चर्चामा आउन थालेपछि सो बारे जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धानमा अहिलेसम्म हत्या नै हो भन्ने बलियो प्रमाण जुटिनसकेको जानकारी दिइएको हो । घटनालाई प्राथमिकता दिँदै पत्रकार सम्मेलनमा पुगेका लुम्बिनी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले काठमाडौंमा गरिएको पोष्टमार्टम रिपोर्ट र जिल्लामा गरिएको पोलिग्राफ रिपोर्टमा हत्या नै हो भन्ने यथेष्ट प्रमाण फेला नपरेको बताए । त्यो बाहेक दुई जनाबीच भएको मोबाइल कल डिटेल्सको अनुसन्धान पनि भइरहेको छ । कल डिटेल्समा जेठ ७ गतेदेखि घटना भएको दिनसम्म मनीषाले १ सय १६ कल र आशिषले १ सय २ कल एक आपसमा गरेको देखिएको छ । पोस्टमार्टम रिपोर्ट भन्छः ह्याङ्गिङबाट मनिषाको मृत्यु ‘त्यसबाहेक अरु पनि अनुसन्धान जारी छ, एसएसपी बस्नेतले भने, ‘सुरुदेखि अहिलेसम्मको प्रकृति हेर्दा घटना गम्भीर देखिन्छ ।’ केही अनुसन्धान सकिएको र भिसेरा र ब्लडको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । एसएसपी बस्नेतले घटनालाई चित्रण गरी सत्य कुरा बाहिर ल्याउन प्रहरी बस्तुगत तरिकाले लागि परेको भन्दै यथार्थ आउन अझ १५ दिन लाग्ने बताए । पोष्टमार्टम रिपोर्टमा ‘ह्यागिङ्ग’ र पोलिग्राफमा ‘हत्या नगरेको’ रिपोर्ट आएको छ । घटनापछि प्रहरीले तत्काल मनीषका केटा साथी रुद्रनारायण भनिने आशिष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका आशिषलाई १५ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अघि बढाइएको छ । मनीषा र आशिषाबीच तीन वर्ष अघिदेखि प्रेम सम्बन्ध रहेको थियो । घटना हुने दिन दुबैबीच भनाभन भएको थियो । घटना हुने दिन आशिष मादक पदार्थ पिएर मनीषाको घरमा पुगेका थिए । आफुले गरेको मोबाइल कल रिसिभ नगरेको विषयमा आशिषले हकारेपछि कुटकाुट भएको र दुबैजनाले दिएका उपहार फर्काउने विषयमा पनि चर्काचर्की भएको अनुसन्धानबाट खुलेको छ । फुटबलर विमलकी बहिनीको मृत्यु शंकास्पद घटनाबारे विस्तृतमा बताउँदै जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले दुईजना बीच कुटाकुट हुँदा कोठाको सोकेस फुटेको र हातमा चोट लागेको देखिएको उल्लेख गरे । घटनाका दिन मनीषाको घरमा अरु कोही थिएनन् । आमा कामले बुटवल गएकी थिइन् भने हजुरबुबा छोरीको घर चितवन पुगेका थिए । दाजु विमल बेल्जियम थिए । रातको समयमा भनाभन भएपछि आशिष बाहिर बरण्डामा आएर सुतेको खुलेको छ । बरण्डामा सुतेको दुई घन्टापछि आशिषले भित्र पसेर हेर्दा मनीषा मृत देखिएको आशिषको भनाई उद्दृत गर्दै एसपी चौधरीले भने, ‘पंखामा झुण्डिएको देखेपछि मनीषालाई उतारेर खाटमा राखेँ ।’ घाँटीमा बेरिएकोे स्कार्प आशिषले मनीषालाई केही दिन अघि उहापर दिएका थिए । बयान लिदा पनि घटना गंभीर देखिन्छ, एसपी चौधरीले आशिषको भनाई उद्दृत गर्दै भने, ‘कुटाकुट भएपछि दुबैजना अगालो हालेर रोएका थियौं ।’ यसअघि पनि रिसाउने र कुटाकुट गरेपनि केही दिनमै उनीहरु एक आपसमा मिल्दै आएको आशिषले प्रहरीको बयानमा भनेका छन् । शव र घटनास्थलको प्रकृति र प्रयोग भएका सामानले घटना गम्भीर देखिएकाले यसलाई वैज्ञानिक ढंगले अनुसन्धान थालिएको एसपी चौधरीले बताए । पोलिग्राफ परीक्षण गर्दा आशिषसँग विभिन्न ११ वटा प्रश्न सोधिएको पोलिग्राफ जाँचकर्ता बिमलले रुँदै भने–देशका लागि लडेँ, अब बहिनीका लागि लड्छु प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले भने । विभिन्न प्रश्नमध्ये आशिषसँग प्रमुख रुपमा ‘मनीषाको मृत्यु हुने गरी घाँटी थिच्नु भयो की भएन’ भन्ने सोधिएको थियो । जवाफमा ‘होइन’ भन्ने आएको छ । पोलीग्राफ जाँचकर्ता पाण्डेले भने, ‘प्राविधिक रिपोर्टमा ‘घाँटी थिचेर नमारेको भन्ने आएको छ ।’ पोलिग्राफले घटनामा संलग्न व्यक्तिहरुको शरीरमा तरंग उत्पन्न हुने र प्रश्न सोध्दा झुठो बोल्ने व्यक्तिको बेग्लै तरंग आउने गर्दछ, जुन तरंगले छालामा प्रभाव पार्छ र त्यसलाई पोलिग्राफले रेकर्ड गर्छ । त्यसैको आधारमा ढाँटेको र नढाँटेको पत्ता लाग्ने पाण्डेले बताए । आशिषको पोलिग्राफ गर्न पाँच घण्टा लागेको थियो ।

0 comments

Write Down Your Responses