उपराष्ट्रपतिको भयले राष्ट्रपतिको भारत भ्रमण स्थगित, यस्ता छन् लुकेका तथ्य
अन्तिम समयमा आएर राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगित भएको विषयमा नयाँ खुलासा भएको छ । सरकार निकट उच्च कुटनीतिक स्रोतले भ्रमण स्थगनमा भारत र नेपालको आन्तरिक राजनीतिलाई नै जिम्मेवार ठानेको छ ।
गत वैशाख २७ बाट राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने तय भएको थियो । तर, अन्तिम समयमा आएर सरकारले बैखाख २४ मा उनको भ्रमणलाई अनुमोदन गरेन । त्यसपछि भ्रमण स्वत स्थगन भयो । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले चाल्न सक्ने कदमप्रति चासो राख्दै राष्ट्रपतिको भ्रमण स्थगित गरिएको स्रोतहरुको भनाई छ ।
राष्ट्रपति भण्डारीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट तालिका बनेको थियो ।
भारतीयपक्षबाट बनाइएको तालिकामा भेट मोदी कार्यकक्षमा हुने गरि तयार भएको स्रोतले बतायो ।उपराष्ट्रपतिको भयले राष्ट्रपतिको भारत भ्रमण स्थगित, यस्ता छन् लुकेका तथ्य
शिष्टचारमा राष्ट्रपति बसेकै ठाँउमा भारतीय प्रधानमन्त्री मोदीले भेट गर्नुपर्ने हुन्थ्यो । तर, भारतीय अधिकारीहरुले भेटका लागि मोदीको कार्यकक्ष तय गरे । यसलाई कुटनीतिक मामलाका जानकारहरुले भारतले नै राष्ट्रपतिको भ्रमण नचाहको रुपमा ब्याख्या गरेका थिए । यतिबेलासम्म पनि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भारत पठाएर सम्बन्ध सुधारको सम्भावना खोजी गरिरहेका थिए ।
जतिबेला राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको तयारी हुँदै थियो, ठीक त्यहीबेला नेपालमा सत्ता परिवर्तनको कसरत भैरहेको थियो ।
माओवादीले एमालेसँगको सहकार्य तोडेर आफ्नै नेतत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि गृहकार्य गरेको थियो । यस्तो बेला राष्ट्रपतिको भूमिका बढन सक्ने विषयमा एमाले निकट वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विफ्रिङ गरेका थिए ।
राष्ट्रपति विदेश भ्रमणमा गएका बेला स्वत उपराष्ट्रपति कार्यबाहक हुने संवैधानिक व्यवस्था छ । स्रोतका अनुसार ती कानुन व्यवसायीले यस्तो अबस्थामा माओवादी सरकारबाट बाहिर आउने र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले राष्ट्रिय सरकारका लागि आव्हान गर्न सक्ने सम्भावना देखेका थिए ।
तर, पछि एमाले र माओवादीवीच ९ बुँदे सहमति बन्यो र सरकार बच्यो । अहिले सत्ता साझेदार दलवीच भद्र सहमति अनुसार सरकारको नेतृत्व फेर्ने विषयमा मतभेद शुरु भएको छ ।
राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको असन्तुष्टिका रुपमा यसलाई ब्याख्या गरियो । आफ्नो सरकार परिवर्तनमा भारतले भूमिका खेलेको निश्कर्षसहित प्रधानमन्त्री ओलीले राष्ट्रपतिको भ्रमण रोकेको रुपमा पनि ब्याख्या गरिएको थियो ।
सोही बेला सरकारले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्बाटै राष्ट्रपतिको भ्रमण अनुमोदन भएन ।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले औपचारिक भ्रमणको तयारी नपुगेको भन्दै भ्रमण स्थगन भएको बताएका थिए । राष्ट्रपतिको भ्रमणका लागि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको निम्तो आएको थियो । आजको जनआह्वान साप्ताहिकमा खबर छ


0 comments
Write Down Your Responses