सरकार बनाउने र गिराउने खेलमा म छैन: प्रचण्ड

Pushpa-Kamal-Dahalरामेछाप, २२ जेठ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । मन्थलीमा शनिबार बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण भएको बताए । संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ थियो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले अन्य जिल्लामा जस्तै रामेछापमा पनि भूकम्पपीडितको नाम छुटेको र छुट भएकालाई पुनः नाम दर्ता गराउनका लागि पहल गर्ने बताए ।

0 comments

Write Down Your Responses