बक्सिंगका महान हस्ती मुहम्मद अलीको निधन

विविसी, जेठ २२ । बक्सिंग खेलका महान हस्ती मुहम्मद अलीको निधन भएको उनका परिवारका प्रवक्ताले बताएका छन् । अली ७४ वर्षका थिए। ठूलो तौल समूह अर्थात हेभिव्येट बक्सिंगका पूर्व विश्व विजेता अली संसारकै उत्कृष्ट खेलाडीमध्येका एक मानिन्छन् । आफूले भाग लिएका कुल ६१ वटा विश्व प्रतिस्पर्धामध्ये अलीले ५६ वटामा जित हात पारे।
उनी पछिल्लो समय अमेरिकाको एरिजोना राज्यको फिनिक्समा अस्पतालमा उपचाररत थिए । उनी लामो समययता श्वासप्रश्वासको समस्यासंग जुधिरहेका थिए । त्यसलाई पार्किन्सन्स् रोगले थप जटिल बनाएको थियो । खास नाम क्यासियस मार्सेलस क्ले भएका अली १९६० को रोम ओलम्पिक्समा ‘लाइट हेभिव्येट’मा स्वर्णपदक जितेपछि चर्चामा आएका थिए । आफ्नो खेल जीवनमा उनले ६१ वटा प्रतिस्पर्धामा भाग लिए जसमध्ये ५६ वटामा उनले जित हात पारे। सन् १९८१ मा उनले खेलजीवनबाट सन्यास लिएका थिए।
0 comments
Write Down Your Responses