किन गरे विप्लव माओवादीद्वारा देशका विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी, ६ वटा टावर ध्वस्त, करोडौंको क्षती...
काठमाडाैं । दाङ, सल्यान, धनकुटा, लमजुङ र गोरखामा विप्लव माओवादीका कार्यकर्ताले एनसेलको टावरमा आगो लगाएका छन् ।
दाङका दुईवटा एनसेल टावरमा अज्ञात समुहले लगाएको आगोका कारण दुईवटा एनसेलका टावरमा क्षती पुगेको छ ।
शनिबार बिहान लक्ष्मीपुर गाविसको चौपट्टा र लमही नगरपालिका श्रीगाउँमा रहेको एनसेलको टावरमा आगजनी गरेको दाङ प्रहरीले जनाएको छ । आगलागीबाट लमहीको १ हजार ६ सय लाइन क्षमताको टावरमा क्षति पुगेको छ ।
त्यस्तै शुक्रबार राती सल्यानमा रहेका एनसेल टावरमा पनि आगलागी भएको छ ।
ल्यानको कुपिन्डेदह गाविस–९ जैतेपानीमा रहेको एनसेल टावरमा पनि अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण टावरमा ठूलो क्षती पुगेको बताइएको छ । टावरमा क्षती पुग्दा, सल्यान, रुकुम, जाजरकोट र सुर्खेतसम्मको माेवार्इल सेवा प्रभावित भएकाे छ । आगजनीबाट ट्रान्समिसन केबल, विटिएस र त्यसमा लाग्ने आठ वटा व्याट्री पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव १० लाख बढीको क्षेति भएको सल्यानका प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै शनिबारै धनकुटामा पनि अज्ञात समुहले एनसेलको टावरमा आगो लगाएको छ ।
अगलागीका कारण धनकुटा नगरपालिका १४ वेलहारामा रहेको एनसेलको टावरमा प्रयोग गरिएका २४ वटा ब्याट्री नष्ट भएको धनकुटा प्रहरीले जनाएको छ ।
त्यस्तै लमजुङको हिलेटक्सारमा रहेको एनसेलको टावरमा पनि विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । दिउँसो करिब १ बजेतीर माओावदी कार्यकर्ताले टावरमा आगजनी गरेका छन् ।
चन्द माओवादीका विद्यार्थी नेता सुजन अधिकारीले आफुहरुले आगलागी गरेको स्विकारेका छन् ।
एनसेलले सरकारी सेवालाई समस्याग्रस्त बनाएका कारण देशैभर एनसेलमाथी कार्वाही सुरु गरेको विप्लब माओवादीको भनाई छ ।
घटनापछि प्रहरीको टोलीले उक्त स्थानमा सुरक्षा प्रदान गरिरहेको छ । आगलागीका कारण उक्त क्षेत्रमा एनसेल मोवाइल सेवा अवरुद्ध भएको छ ।
त्यस्तै गोरखामा पनि राज्यलाई कर नतिरेको भन्दै विप्लवमाओवादीले एनसेल टावरमा आगलागी गरेको छ । उनीहरुले शनिबार बिहान गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेका हुन् ।
नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छन् । उनले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाई छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।
यी सबै घटनामा संलग्न ब्यक्तिको खोजी भइरहेको सम्बन्धित जिल्लाका प्रहरी कार्यलयहरुले जानकारी दिएका छन् ।


0 comments
Write Down Your Responses