कुन क्लब र कुन लिगका खेलाडीहरुको बाहुल्यता रहेको छ त युरो कपमा ?
फ्रान्समा आयोजना भएको युरो कपको रन्को युरोपमात्र नभइ पुरै विश्वभर लागेको छ । कुन क्लबको खेलाडी, कुन देशको खेलाडी जस्ता विषयहरुले यस युरो कपमा महत्व पाइरहेको छ । यदी क्लबहरुको कुरा गर्ने हो भने यस युरोकपमा लिभुरपुल क्लबबाट खेल्ने खेलाडीहरुको संख्या धेरै रहेको छ ।
युरोकपमा खेल्ने खेलाडीहरुमध्ये १२ जना खेलाडीहरु लिभरपुलबाट व्यवसायिक खेल खेल्दै आइरहेका छन् । त्यस्तै इटालियन क्लब युभेन्टसबाट फुटबल खेल्ने पनि १२ जना खेलाडीहरु रहेका छन् । यस युरो कपमा लिगबाट खेल खेल्ने खेलाडीहरुको सख्या हेर्ने हो भने सबै गरेर १०३ जना खेलाडीहरु इंङलिस प्रिमियर लिगबाट रहेका छन् । त्यस्तै बुण्डेस लिगबाट ५८ जना रहेका छन् ।




0 comments
Write Down Your Responses