करिनासँग फेरी यस्तो काम गर्न चाहन्छन् साहिद कपुर ...

बलिउड अभिनेता साहिद कपुर ‘एक्स–गर्लफ्रेन्ड’ करिना कपुरसँग फेरि एकपटक सँगै काम गर्न चाहन्छन् । तर, उनले यो मौकाबारे अहिलेसम्म नसोचेको बताएका छन् । उनले भने, ‘करिनासँग काम गर्न कुनै समस्या हुँदैन, बरु काम गर्न पाइयो भने दमदार हुन्छ ।’ फिल्म ‘चुपकेचुपके’ र ‘जब वी मेट’मा यी दुईको जोडीलाई व्यापक प्रशंसा गरिएको थियो । करिनासँग काम गर्ने विषयमा सोधिएको प्रश्नको जवाफमा साहिदले भने, ‘मलाई यो प्रश्न ३० पटकभन्दा बढी सोधियो । प्रत्येकपटक म हुन्छ भन्दै आइरहेको छु । र, म आफैँ पनि यस्तो अवसरको प्रतीक्षामा छु ।

0 comments

Write Down Your Responses