आसिकी ३मा सिद्धार्थ र आलिया
बलिवुडका चलचित्र निर्माता मुकेश भट्टका अनुसार स्टुडेन्ट अफ थि इयर फेम सिद्धार्थ मलहोत्रा र आलिया भट्ट “आशिकी” अन्तर्गतको तेस्रो प्रोजेक्ट को लागि अनुबंद भएका छन् |हाइवे र स्टुडेन्ट अफ थि इयर जस्ता सफल चलचित्र दिएकी आलिया र कपूर एंड सन्स र ब्रोदर्स जस्ता सफल चलचित्रका नायक सिद्धार्थको “आसिकी ३” तेस्रो प्रोजेक्ट हुनेछ |
हामीले आलिया र सिद्धार्थ लाई आसिकी ३ का लागि अनुबंद गरेको कुरा साचो हो र यो रोल मा दुवै जना पर्फेक्टली फिट पनि हुन्छन | यो भन्दा उत्तम कास्टिंग अरु हुने सक्दैन, भट्टले भने |
आसिकी चलचित्र पहिलो पटक १९९० मा रिलीज भएको थियो जुन तेतिबेलाको म्युजिकल ब्लक्बस्टर थियो |यसैको सिक्वेल आसिकी २ २०१३ मा रिलीज भएको थियो जुन चलचित्र मोहित सुरी ले निर्देशन गरेका थिए | यस चलचित्रमा श्रद्ध कपूर र आदित्य रोय कपुरले अभिनय गरेका थिए | आसिकी ३ पनि मोहित सुरीले नै निर्देशन गर्ने छन् |


0 comments
Write Down Your Responses