बन्दकर्ताद्वारा ट्याक्सीमा आगजनी, माइक्रो तोडफोड, दुई दर्जनबढी बन्दकर्ता पक्राउ
काठमाडौं, २७ जेठ । नेत्रबिक्रम चन्द ‘बिप्लव’ माअेवादीले बिहानै तीनकुनेमा बा १ च ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् ।
गरेको नेपाल बन्दमा ट्याक्सी चलाएको भन्दै आगजनी गरेका हुन् । साथै बन्दकर्ताहरुले मनमैजुमा माइक्रोबस तोडफोड गरेको प्रहरीले जनाएको छ ।बन्दकर्ता तोडफेडमा उत्रिएपछि प्रहरीले कालीमाटी, रत्नपार्क (भोटाहिटी चोक), बालाजु सहितका ठाँउबाट दुई दर्जन भन्दा बढीलार्य नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दका कारण उपत्यकाका साथै राजमार्गहरुमा सवारी आवतजावतमा कमी आएको छ भने सर्वसाधारणले सासती खेपीरहेका छन् ।


0 comments
Write Down Your Responses