बियरको बोतलले पूर्व सभासदको टाउकोमा हान्ने कल्पना पक्राउ

Ramshilaकाठमाडौं, जेठ २७ । घरभाडासम्बन्धी विवादमा पूर्व सभासदमाथि हातपात गरेको आरोपमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा संयुक्तबाट पहिलो संविधानसभा सदस्य रहेकी रामशीला ठाकुरमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो । पूर्व सभासद ठाकुरले नयाँ बसपार्क नजिक ब्यूटिपार्लर र सैलुन सञ्चालन गर्दै आएकी छिन् । सैलुनमा काम गर्ने कर्मचारीलाई घरबेटीले निकाल्न खोजेपछि सम्झाउन जाँदा ठाकुरमाथि घरधनी कल्पना ढुंगानाले हातपात गरेकी थिइन । टाउकोमा बियरको बोतलले प्रहार गरिएको उनले एभरेष्टदैनिकडटकमलाई बताईन । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । फुटेको बियरको बोतलको शीशाले समेत प्रहार गरिएपछि ठाकुरको टाउको र हातखुट्टामा चोट लागेको छ । घटनालगत्तै प्रहरीले ढुंगानालाई पक्राउ गरी कार्वाही अगाडि बढाएको छ ।

0 comments

Write Down Your Responses