अर्कोवर्षदेखि कोरिया कामदारको कोटा बढ्ने

काठमाडौं । नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ । कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन् । दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

 कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ । सहकार्यमार्फत अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएका छन् । मनोवैज्ञानिक परामर्शमार्फत अवैधानिक नेपालीलाई सुखीसाथ घर फिर्ती कार्यक्रम सञ्चालन गर्न पनि दुई पक्षबीच छलफल भएको छ। सीबीटी परीक्षामा सहभागी अनुसार उत्तीर्णदर घट्दै गएकाले यस वर्ष अबैधानिक नेपालीको संख्या बढेको छ । उमेरको बन्देज तथा भूकम्प र नाकाबन्दीका कारण युवामा निराशा उत्पन्न भई अबैधानिक हुनेको संख्या बढेको छ । नेपाली पक्षले भूकम्प पश्चात ईपीएसको आवश्यता अझ बढेको जनाउँदै आवश्यकता अझ बढेको जनाउँदै कामदारको कोटा बढाउन आग्रह गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses