National
»
प्रचण्डपुत्र प्रकाशले मागे प्रधानमन्त्री ओलीको राजीनामा ...
प्रचण्डपुत्र प्रकाशले मागे प्रधानमन्त्री ओलीको राजीनामा ...

काठमाडौं, २० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
विहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवाका विषयमा प्रधानमन्त्री र गृहमन्त्री शक्ति बस्नेतबीच बढेको विवादलाई उल्लेख गर्दै प्रकाशले गृहमन्त्रीको राजीनामा माग्ने हैसियत नभएको भन्दै ओलीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
उनले लेखेका छन्– ‘केपी आलीले गृहमन्त्रीको राजीनामा माग्ने हैसियत कहाँबाट पाए ? केपी एकलौटी सरकार एमालेकरण गर्ने सिडिओ सरुवाको विषयमा शक्ति बस्नेतको राजीनामा माग्ने । बरु केपी ओली सरकार राजीनामा देउ ।’
सत्ता सञ्चालन र हस्तान्तरण विवादले अहिले सत्ता घटक एमाले र माओवादीबीच दुरी बढेको बताइन्छ ।
0 comments
Write Down Your Responses