भीरमा पुग्यो प्रचण्ड-ओली सम्बन्ध !सरकार ढाल्न प्रचण्डले चाले २ स्टेप विहीबार ओलीलाई प्रचण्ठको दोश्रो झट्का ....
संविधान जारी गर्नु अघि पनि प्रमुख तीन दलबीच १६ बुँदे लिखित सहमति र संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने र राष्ट्रपति कांग्रेसले लिने भद्र सहमति भएको थियो । तर संविधान जारी भएपनि भद्र सहमति भंग भएर एमाले र माओवादीको गठबन्धनमा बहुमतिय सरकार बन्यो । राष्ट्रिय सहमतिको सरकारले हावा खायो । विगतमा बन्न नसकेको राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्युन रहेको बेला पुनः राष्ट्रिय सहमतिको बहस चर्किएको छ । अहिले ओली र प्रचण्डबीच भएको भनिएको भद्र सहमतिको कारण राजनीतिक अन्यौलता र भद्रगोल देखिएको छ । सरकार परिवर्तनको हल्लाले मन्त्रीहरुले भनेको सरकारी कर्मचारीले टेर्न छोडिसकेका छन् ।
प्रचण्डलाई उल्लु बनाउदै ओली
प्रचण्डको निर्णयको कारण ढलि सकेको ओली सरकार पुनः प्रचण्डले ने जोगाए । सरकार जोगिनुको एउटै कारण थियो भद्र सहमति ।
प्रचण्डले विगतको नजिर नहेरी ओलीको विश्वासमा परेर भद्र सहमतिसँगै नौ बुँदे सहमतिमा हस्ताक्षर गरे । तर प्रचण्डले यो सोचेन कि भद्र सहमति अपठ्यारो पर्दासम्मको लागि मात्र हो सहज भएपछि भंग हुन्छ ।
सरकारले बजेट घोषणा गरेलगत्तै प्रचण्डले आफू सरकारको नेतृत्व गर्न तयार रहेको सार्वजनिक गरे । प्रचण्डले ओलीसँग तीन बुँदे भद्र सहमति भएको बताउदै ओलीले पद छोडेर सहज बाटो निर्माण गर्नुपर्ने भनाईप्रति प्रण्डलाई ओलीले हस्यौली र ठट्टामा उडादिएका छन् । यतिसम्म कि ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन–कहाँ भयो सहमति देखाइदिनुहोस ।’ ओलीले तत्काल सरकार ढाल्न अवस्था देखेका छैनन् । सरकार ढाल्ने निर्णय गरेर फिर्ता लिएपछि प्रचण्ड र कांग्रेस सभापति देउवाको सम्बन्ध सुध्रिएको छैन् । देउवा सहज रुपमा अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छैनन् ।
यो वातावरण बन्न केही समय लाग्ने देखिएको छ ।
प्रचण्डले के जवाफ देलान ?
भद्र सहमति देखाउन ओलीले चुनौती दिएपछि प्रचण्डले पनि यस प्रश्नको उत्तर कसरी दिन्छन भन्ने आम चासोको विषय बनेको छ । प्रचण्डसँग भद्र सहमति हुँदा साक्षी बसेको नारायणकाजी श्रेष्ठ, बर्षमान पुन टोपबहादुर रायमाझी र हरिबोल गजुरेले मध्ये श्रेष्ठ र रायमाझीले अझै मुख खोलेका छैनन् । भद्र सहमति हुँदा एमालेको तर्फबाट सहभागी वरिष्ठ नेता झलनाथ खनालले बजेट पछि काँध फेर्ने सहमति भएको सार्वजनिक गरेर प्रचण्डलाई समर्थन गरिसकेका छन् । भने नेता माधव नेपालले पनि माओवादीलाई सरकारको सरकारको नेतृत्व दिने सहमति भएको सार्वजनिक गरेका छन् । तर प्रधानमन्त्री ओली र महासचिव ईश्वर पोखरेलले भने कुनै सहमति नभएको दावी गर्दै आएका छन् ।
सरकार ढाल्ने प्रचण्डको २ स्टेप
भद्र सहमति पालना नगरेको भन्दै असन्तुष्ट बनेको प्रचण्डले सरकार ढाल्नको लागि २ स्टेप चालेका छन् । प्रचण्डले यसलाई टेस्टको रुपमा लिएका छन् ।
प्रचण्डकै निर्देशन अनुसार प्रधानमन्त्री ओलीको परामर्श विना नै गृह मन्त्री शक्ति वस्नेतले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी र ५१ ज्ना उपसचिवको सरुवा गरेका छन् । जसको कारण प्रधानमन्त्री ओली र वस्नेतबीच शितयुद्ध सुरु भइसकेको छ । त्यसैगरी विहीबार प्रचण्डकै निर्देशन अनुसार सरकारमा माओवादीको तर्फबाट सहभागी आठ जना मन्त्री मध्ये सिचाइँ मन्त्री उमेश यादव मात्र सहभागी गराएर सात जना मन्त्रीलाई क्याविनेटको नबस्न प्रचण्डले निर्देशन गरेका छन् । ओली र प्रचण्डबीच दिनप्रतिदिन शीतयुद्ध चर्किदै जान थालेको छ ।nepaliheadlines

0 comments
Write Down Your Responses