युरो कपको पूर्व सन्ध्यामा स्पेनलाई ठुलो झड्का, गोलकिपर डेभिड डि गेया टोलिबाट ‘आउट’..कारण यस्तो छ ..!!

जेठ २८। युरो कपको पुर्वसन्ध्यामा स्पेनका गोलकिपर डेभिड डि गेया स्पेनको सेक्स स्क्याण्डलमा फँसेका छन्। म्यान्चेस्टर युनाइटेडका गोलकिपर समेत रहेका डि गेया अश्लिल चलचित्रमा बालिकाको प्रयोग (चाइल्ड पोर्नोग्राफी) को घटनामा मुछिएका हुन् । इग्नासियो फर्नान्डो अलेन्डेबारे जारी अनुसनधानको क्रममा एक महिलाले डि गेयाको नाम उल्लेख गरेकी छिन। ति महिलाले आफ्नो र इग्नासियोको भेट डि गेयाले गराएको आरोप लगाएकी छिन। 

स्पेनिस पत्रिका मार्काले लेखेको छ- एथ्लेटिक बिल्बाओका स्टार इकर मुनाइन र अर्का एक खेलाडीसंग आफुलाई मजबुर बनाइ जबर्जस्ति यौनसम्बन्ध राख्न लगाएको ती महिलाले बयानमा बताएकी छिन। स्पेनको एल डाइरिओस नामक पत्रिकामा छापिएको रिपोर्टलाई मार्काले उद्र्त गर्दै समाचार लेखेको हो। रिपोर्ट अनुसार यो घटना सन् २०१२ मा म्याड्रिडको एक पाँच तारे होटलमा भएको थियो । त्यतिबेला आरोपित खेलाडीहरु अन्डर २१ टोलीका सदस्य रहेको खुल्न आएको छ। 

बाल पोर्नोग्राफी र मानवतस्करीको मामिलामा इग्नासियो सन् २०१६ को अप्रिल देखि जेलमा रहेका समाचारमा उल्लेख छ। उनी स्पेनमा टोर्बे नामले परिचित रहेको रिपोर्टमा उल्लेख छ। त्यस्तै द सन पत्रिकाले भने डि गेया स्पेनको टोलीबाट निकालिएको र घर फर्किएको दाबी गरेको छ ।

0 comments

Write Down Your Responses