कोपा अमेरिकामा नदेखिएका नेमार दिपिकासंगै हलिउड चलचित्रमा देखिने

neymar and deepikaजेठ । बलिउडमा डिम्पल गर्ल भनेर चिनिने नायिका दीपिका पादुकोण यति बेला आफ्नो डेब्यू हलीवुड चलचित्र ट्रिपल एक्सलाई लिएर चर्चामा छिन् । फिल्ममा भिन डीजल पनि मुख्य भूमिकामा छन् । तर अब यस फिल्ममा ब्राजिलियन स्टार फुटबलर नेमार पनि नजर आउने छन्। बार्सिलोनाका स्ट्राइकर समेत रहेका नेमारलाई यस चलचित्रमा एउटा सानो भूमिका दिइएको छ । उनी नायिका दीपिका र नायक भिन डिजलसंगै स्क्रिनमा दखिने भएका हुन् । ‘ट्रिपल एक्स : द रिटर्न अफ जेंडर केग’ को पहिलो ट्रेलर २२ जुलाईमा सार्बजनिक हुने छ । फिल्म जनवरी २०१७ मा रिलिज हुने छ । नायक भिन डीजलले नेमार चलचित्रमा देखिने पुष्टि गर्दै सामाजिक संजालमा लेखेका छन् ‘गर्वका साथ भन्दै छु कि नेमारले ट्रिपल एक्सको लागि पहिलो दिनको शुटिंग गरेका छन् ‘। ब्राजीलियन स्टारले आफै पनि इंस्टाग्राममा फोटो पोस्ट गर्दै व्यंग्यात्मक शैलीमा लेखेका छन् ‘ ट्रिपल एक्ससंग हुँदा धेरै उत्साहित भएको छु । तर मैले मेरो रोल के हो सार्बजनिक गरे भने भिन डिजलले मलाई मार्ने छन्’ । जारी कोपा अमेरिकामा नपरेका नेमार हाल अमेरिका भ्रमणमा छन् । उनले बास्केटबल खेलाडी माइकल जोर्डन र गायक जस्टिन बिबरसंग पनि भेटघाट गरेका छन् । नेमारले ओलम्पिकमा मात्र ब्राजिलको तर्फबाट सहभागिता जनाउने छन् ।neymarjr Verified  6 days ago
Follow
Very excited to be on the set of #XXX3 today, but if I told you what I was doing here @vindiesel might have to kill me. #xandercage

0 comments

Write Down Your Responses