हरेक महिलाले सासुसँग भन्न चाहने ५ कुरा
ममाथि विश्वास गर्नुसः प्रिय सासु…. मलाई थाहा छ की म तपाइँले जस्तै हरेक काम पर्फेक्ट तरिकाले गर्न सक्दिन । तर थोरबहुत चाहीँ गर्न जान्दछु । जो जानेकी छैन, त्यो सिकिरहेकी छु । कृपया मेरो भरोसा गर्नुस् ।
मलाई बुहारी मान्नुभन्दा पहिले एउटा मानिसको रुपमा हेर्नुसः
मलाई थाहा छ की तपाइँ मलाई एक आदर्श बुहारीको रुपमा देख्न चाहनुहुन्छ । तर तपाइँले कृपया यो बुझ्ने कोसिस गर्नुस् की बुहारी बन्नुभन्दा पहिले म एक मानिस हुँ । तपाइँले मलाई पहिले मानिस ठान्नुहोस् त्यसपछि मात्र बुहारी ।
मलाई पर्फेक्ट सासु चाहिँदैनः
आमा, तपाइँ पर्फेक्ट हुनुहोला वा नहुनुहोला, यो कुराले मलाई फरक पार्दैन । तपाइँ बस मसँग असल रुपमा रहिरहनुस् ।
तपाइँको छोरा सधै तपाइँका
रहिरहून्ः विवाह भयो त के भो, तपाइँको छोरा सधै तपाइँकै रहिरहन्छन् । उनीमाथि तपाइँको पूरा हक छ । तर उनलाई कहिल्यैपनि यस्तोे परिस्थितिमा नहाल्नुस् की कुनै दिन उनले हजुर र म बीचमा कुनै एकजना मात्र छान्ने अवस्था आओस् ।
मैले तपाइँलाई घृणा गर्दिनः यदि तपाइँलाई यस्तो लाग्छ की म तपाइँलाई घृणा गर्दैछु । तपाइँ गलत हुनुहुन्छ । वास्तवमा म तपाइँलाई इज्जत, सम्मान गर्दछु आमा ।

0 comments
Write Down Your Responses