तपाईलाई सेक्सको लत त छैन ?

Young couple having sex in bedके तपाईंलाई छिनछिनमा सेक्स गर्ने इच्छा जाग्छ ? के तपाईं सुन्दर महिला देख्नेबित्तिकै उत्तेजित हुनुहुन्छ ? के तपाईंलाई अश्लिल भिडियो, अश्लिल पत्रपत्रिका वा अश्लिल चित्र हेर्ने इच्छा लागिरहन्छ ? यदि यस्तो हुन्छ भने सावधान रहनु होला, कतै तपाईंमा सेक्सको लत त बस्दैछैन ? रक्सी, चुरोट वा लागूऔषधको जस्तै सेक्सको पनि लत बस्न सक्छ । सेक्स लतमा परिणत हु्नुलाई सेक्सुअल एडिक्सन भनिन्छ । सामान्य अर्थमा सेक्स मानिसको कन्ट्रोल भन्दा बाहिर जानु नै सेक्सको लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लिल फिल्म वा साइट हेर्नु उनीहरुको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुन पुग्छ । सेक्सले लतको रुप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरु प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरुले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरु यौन व्यवसायमा लाग्ने गरेको विज्ञहरुको भनाइ छ । सेक्स प्राकृतिक क्रिया भएकोले यसलाई प्राकृतिक रुपमै लिनु पर्छ । लत लागेमा सेक्सले विकृत रुप धारण गर्छ । यस्तो लतले शारीरिक तथा मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पार्छ । सेक्सको लत सामान्यतयाः १६ बर्षदेखि ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट शुरु हुन्छ । कतिपय विवाहित पुरुषले बिवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एउटा अंग्रेजी वेभसाइटले सेक्सको लत अर्थात सेक्स एडिक्सनका बारेमा यसो लेखेको छ । पढ्नुस् । नेपालीमा पढ्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोला ।

0 comments

Write Down Your Responses