नक्कली चिकित्सकबाट उपचार गरेका पीडितको खोजी....
नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेको छ । नक्कली प्रमाणपत्रधारी चिकित्सकको आरोपमा पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसंगै प्रहरी पीडित बिरामीको खोजीमा जुटेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रधारी चिकित्सकबाट उपचार लिँदा पीडित भएकाको खोजी गरेको हो ।
व्युरोले नक्कली चिकित्सकबाट पीडित वा पीडितका परिवारलाई जानकारी दिन दिन आग्रह समेत गरेको छ ।
ब्युरोले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा शुक्रबार र शनिबार पक्राउ गरेका ३६ मध्ये अरुणकुमार गुप्ता, लीली राजवंशी, रावेत रञ्जनकुमार ठाकुर, मोहम्मद अब्दुल कलाम, रजनी अग्रवाल, रामजी यादव, रामकुमार प्रधान, विष्णुप्रसाद भुसाल, दिनेशकुमार साह र सरोजकुमार सिंह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत थिए । अरुणकुमार १८, मोहम्मद १७, लीली १४, रामजी र सरोज १० वर्षदेखि चिकित्सक पेसामा संलग्न रहेको खुलेको छ । चिकित्सा पेसा व्यवस्थित बनाउने जिम्मेवारी लिएको नेपाल मेडिकल काउन्सिल भने यतिखेर मौन बसेको छ ।


0 comments
Write Down Your Responses