अष्ट्रेलियामा आइटी पढ्न चाहने विद्यार्थीहरुको लागि खुशीको खबर ....

यदि तपाई प्लस टुपछि आइटी पढ्न अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ भने अब स्नातक तहमा आइटी विषयको पहिलो वा दोस्रो वर्ष नेपालमै सकेर बाँकी पढाई अष्ट्रेलियामा क्रेडिट ट्रान्सफर गरी पूरा गर्न सक्नु हुनेछ ।काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेजले अष्ट्रेलियाको Deakin University, Australian Catholic University, Melbourne Polytechnic लगायत अन्य थुप्रै कलेज तथा विश्वविद्यालयहरुसाग क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाए पछि यो सम्भब भएको हो । सन् २०१० देखि स्नातक तहको ब्रिटिस आइटी शिक्षा सञ्चालन गरिरहेको सफ्टवेरिका कलेजका निर्देशक अमृत थापाले सफ्टवेरिका कलेजमै स्नातक तहको आइटी प्रथम वर्ष सक्दा विद्यार्थीहरुले आवश्यक सीप, दक्षता र अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अनुभव प्राप्त गरिसक्ने र अष्ट्रेलियाको भिषा आवेदनका लागि चाहिने आवश्यक कागजातहरु तयार गर्दा लाग्ने समय पनि उपयोग हुने बताए ।यसरी क्रेडिट ट्रान्सफर गरी दोस्रो वर्षदेखि अष्ट्रेलियामा पढ्न जाँदा विद्यार्थीहरुको प्रथम वर्षको लागत लगभग रु १६ लाख बचत हुने अथवा स्नातक तहको अन्तिम वर्ष मात्रै पढ्न जाादा लगभग रु. ३२ लाख बचत हुने पनि उनले जानकारी दिए । नेपालबाट सरदर वार्षिक ८ हजार विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुग्दछन् जसमध्य धेरै विद्यार्थीहरुको रोजाइमा आइटी विषय पर्ने गर्दछ ।

0 comments

Write Down Your Responses