किन भने प्रधानमन्त्री ओलीले नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन...???

दमक, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनुभएको छ ।आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गर्नु भयो ।यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्नुहँुदै उहाँले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताउनुभयो ।

आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु¥याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ ।” एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भन्नुभयो । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राख्नु भयो । अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । रासस

0 comments

Write Down Your Responses