९६ वर्षको उमेरमा बिए पास गर्ने यी को हुन् ?

टोकियो-एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् । उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका थिए ।
९६ वर्षमा स्नातक गरेका उनलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको शनिबारका जापानी सञ्चारमाध्यमले लेखेका छन् ।
जापानका ९६ वर्षीय नागरिक सिगेमी हिराताले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गरेकाले उनलाई गिनीज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको हो ।
उनी सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन । उक्त विश्व रेकर्डपछि खुसी भएका उनका साथीहरुले उनलाई सोही कलेजमा स्वागत गरेका थिए ।
उनले योमियुरी समचारपत्रमा भने, 'मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ ।' त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको उहाँले सो पत्रिकालाई बताउनुभएको छ । उहाँले सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ ।
आफ्नो जागिरबाट सेवानिवृत्त भएका उनले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना भएका थिए । उनले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने धारणा राखे । आफूले केही न केही नाम राखौँ भनेर नै यो काम गरेको उनले बताए ।
हुनत म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पसजादा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ– उनले भने । सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रुपमा काम गरिहरने हुन्छन् । रासस÷एएफपी
0 comments
Write Down Your Responses