Entertainment
»
नायिका नीता ढुंगाना र आमेशको प्रेममा को आयो भिलेन ?
नायिका नीता ढुंगाना र आमेशको प्रेममा को आयो भिलेन ?

काठमाडौं—नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको जोडीलाई ढुकुरको जोडीजस्तै भनेर नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा हुन्थ्यो । कारण, पनि उनीहरुको जोडी निकै जमेको थियो ।
उनीहरुले प्रेम सम्बन्ध सुरु भएपछि आफूहरुले चाडै विहे गर्ने घोषणा मात्र गरेनन्, दुवै परिवार समेत राजी रहेकाले चाडै विवाह गर्ने विषयमा पनि खुलेरै बोले ।
अनस्क्रीनबाट सुरु भएको यो जोडीको प्रेम कहानी स्क्रीनमा पनि देखियो । आमेश र नीताले रियल लाइफमाजस्तै रिल लाइफमा पनि प्रेमी÷प्रेमिका भएर अभिनय गरे । अहिले भने यही ढुकुर जोडीको सम्बन्ध ब्रेकअप भएको चर्चाले सिने क्षेत्र गर्माएको छ ।
आजको जनआस्था दैनिकले यो जोडीको रोचक प्रेम कहालीमा फुलस्पट लाग्नुको कारण खुलासा गरेको छ । जनआस्थाले उक्त समाचारमा नेपाली फिल्मको गुणस्तर खस्कनुमा निर्माता÷निर्देशक चलचित्र राम्रो बनाउनुभन्दा त्यही अभिनित नायिकालाई पट्याउनमा ब्यस्त रहनुलाई कारण रहेको उल्लेख गरेको छ ।
‘नायिकालाई फिल्म खेल्नै पाए पुग्यो, निर्माता÷निर्देशकलाई नायिका नग्याउन पाए केही चाहिएन । दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित ‘६ एकान ६’को निर्देशन गर्दागर्दै निर्देशक डिनेश डिसी नीता ढुंगानाको ‘चक्कर’मा परे । यही कारण दिनेश र दिपाको सम्बन्ध बिग्रियो,’ समाचारमा छ, ‘नीतालाई आफ्नो पासबाट टाढा जान नदिन फूलैफूलको मौसम तिमीलाई बनाएर नायकका रुपमा आमेश भण्डारीलाई डेब्यु गराए । दिनेशको एकहोरो ‘प्यार’ थियो नीताप्रति । तर, आफ्नो घर परिवार भाडिएला भन्ने डरले आवाजको दुनियाँका साथीले हल्ला फिजाए ‘नीता र आमेश भण्डारी प्यारमा छन् ।’’
जनआस्था अगाडि लेख्छ, सबैको ध्यान त्यतै मोडियो । अहिले सिने बजारमा हल्ला चल्न थालेको छ, यो जोडीको प्रेममा खटपटी आयो । हुँदैं नभएको ‘प्यार’मा कसरी खटपटी आउँछ ? उनै आवाजको दुनियाँका साथी जानुन् ।
जनआस्थाले अर्का निर्माताको पनि प्यारको रहस्य खोल्दैं लेखेको छ—यता, अर्का निर्माता प्रदीपकुमार उदय नायिका हर्षिका श्रेष्ठको प्यारमा दिवाना भएको खबर सिने क्षेत्रमा फैलिएको छ । यसै कारण हो, प्रदीपले हरेक सिनेमामा उनै हर्षिकालाई सिफारिस गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses