श्रीमानको फोन चेक गर्ने महिलालाई जेल सजाय ...!!

श्रीमानको फोन चेक गर्ने महिलालाई जेल सजायरियाद– साउदी अरबमा महिला विरुद्ध अर्को विवादस्पद कानुन सार्वजनिक भएको छ। सो कानुन अनुसार यदि महिलाहरुले आफ्नो श्रीमानको फोन चेक गरे उनलाई कोर्रा हान्नुका साथै जेल सजाय र जरिवाना वा यी तीनवटै सजाय हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।कानुन व्यवशायी मोहम्मद अल–तेमायतले भने, ' यदि महिलाले आफ्नो श्रीमानको फोन चेक गरे भने उनीहरुको विरुद्ध श्रीमानको अधिकार हनन्को मुद्दा चलाइने छ। किनभने यो मुलुकको इस्लामिक कानुनको दायरामा आउँदैन।' सो कानुन सार्वजनिक भएपछि साउदी अबरमा सामाजिक संजालमा यसको चर्चाका व्यापक हुन थालेको छ।

0 comments

Write Down Your Responses