फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे पारसले मुख खोले

काठमाडौं, १४ जेठ । यति बेला देश निकै शोखमा डुबेको छ । दशेको होनहार युवा प्रतिभा नेपाली राष्ट्रिय फुटबल टिमका स्टाईकर विमल घर्ती मगरकी बहिनीको शंकास्पद मृत्युका कारण । उनको हत्या पछि सामाजिक सञ्जनालमा विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् । विभिन्न खेलाडीहरु समेत उनको निधनले शोक मग्न भएका छन् । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सामाजिक सञ्जाल फेसबुकमा घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको जनाएका छन् । उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने जनाएका छन् । उनले फेसबुकमा लेखेका छन ‘विमल घर्ती मगरको बहिनीको दुःखद निधनको खबरले आफु धेरै दुखी भएको र विमल दुःखद घडिको सामना गर्दै छिट्टै बाहिर निस्किने छन् । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छौं ।’

0 comments

Write Down Your Responses