अन्तरवार्ता लिँदालिँदै ऋषि धमलालाई ‘हर्ट अट्याक’, नर्भिक अस्पताल भर्ना

काठमाडौं, ३० वैशाख । चर्चित पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला अस्पताल भर्ना भएका छन् । टेलिभिजनका लागि अन्तर्वार्ता लिइरहेका बेला अचानक मुटुमा समस्या भएर विरामी परेपछि धमलालाई बुधबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । परिवार स्रोतका अनुसार उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उपचारका क्रममा उनको मुटुमा समस्या देखिएको र हृदयघातजस्तै लक्षण देखिएको उपचारमा संलग्न डाक्टरले परिवारलाई जानकारी गराएका छन् । धमला विरामी भएपछि उनलाई भेट्न नेतादेखि पत्रकाहरुसम्म नर्भिक अस्पताल पुगेका छन् ।

0 comments

Write Down Your Responses