छिनेको हात र औंला यसरी जोड्यो झापाकाे वीएण्डसीले (फाेटाे फिचर सहित)

hand cutting (3)झापा । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औंला छिनेको १८ घण्टा पछि जोड्न सफल भएको छ ।दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको हातको औंला जोडएको आज हस्पिटलमा पत्रकार भेटघाटमा जानकारी दिइयो । उहाँको ‘हात जिवित हुने आशा थिएन’ तर पनि प्रयास गर्नुपर्छ भन्ने दृढ अठोट गरेर हामीले काम शुरु ग¥यौ – वीएण्ड सी टिचिङ हस्पिटल एण्ड रिर्सज सेन्टरका वरिष्ठ अर्थाेपेडिक सर्जन डा निराजन पराजुलीले भन्नुभयो । पाँचथरको ओयाम निवासी ४५ वर्षीया देवीमायाँ डाँगीको वैशाख १४ गते मंगलवार राति देव्रे हातको नाडी र तीन वटा औंला श्रीमानले कत्तीले काटेर छिनाइदिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

hand cutting (4) उपचारका लागि अस्पताल ल्याइएकी डाँगीले स्वास्थ्य लाभ गरेपछि उनको स्वास्थ्य अवस्था र काटिएको हात देखाउँदै उपचारमा संम्लग्न चिकित्सक पराजुलीले भननुभयो–सामान्यतया हात छिनेको ८ घण्टासम्ममा हातलाई जोडेर जिवित पार्न सकिन्छ तर उहाँको १८ घण्टापछि पनि हामीले हातलाई जिवित फर्काउन सक्यौं यो नै हाम्रालागि सबैभन्दा खुशीको कुरा हो ।                 
hand cutting (1)

0 comments

Write Down Your Responses