सरकारविरुद्ध कांग्रेसले यसरी गर्यो ठूलो षड्यन्त्र ....
काठमाडौं, २१ वैशाख । प्रतिपक्षी दल कांग्रेसमा वर्तमान सरकार हटाउन पार्टी नेतृत्वलाई तीव्र दबाब परेको छ ।
संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत वितरण, पुनर्निर्माण, मधेस मुद्दा समाधान, कालोबजारी नियन्त्रणमा केपी ओली नेतृत्वको सरकार असफल भएको कांग्रेस सांसदको आरोप छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने १८ मध्ये अधिकांश सांसदले सरकार असफल भएको आरोप लगाएका हुन् ।
उनीहरूले नयाँ सरकार गठनमा लाग्न नेतृत्वलाई दबाब एिका छन् । तर, उनीहरूले नयाँ सरकारको नेतृत्वबारे खुलेर बोलेनन् ।
केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले अधिकांश सांसदले सरकारको कमजोर कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार फेर्नेसम्मको विषय उठाएको जानकारी दिए ।
केही सांसदहरूले भने सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताएका थिए ।
केही दिनयता कांग्रेसका वरिष्ठ नेताहरू सार्वजनिक रूपमा ओली नेतृत्वको सरकार गिराएर नयाँ सरकार गठन गर्नुपर्ने टिप्पणी गर्दै आएका छन् ।
संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठकले सरकारका कमजोरी संसद्मा उठाउने र सशक्त भएर प्रस्तुत हुने निर्णय गर्दै छ ।
भूकम्प पुनर्निर्माण, सुक्खा खडेरी र आगलागीपछिको संकटमा सरकार उदासीन बनेको, मधेस मुद्दामा सरकार उदासीन, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार नआएको, विकास निर्माणमा सुस्तता, नियुक्तिमा राजनीतीकरणजस्ता विषयलाई उराल्दै कांग्रेस सरकारविरुद्ध खरो रूपमा उत्रिने तयारी गर्दैछ ।
मंगलबारको बैठकले यी विषयलाई संसद्मा उठाउने र बजेटका विषयमा छलफलमा उत्रिनेसहितका विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले जानकारी दिए ।
यिनै विषयलाई आधार मान्दै सरकारका कमजोरी केलाउँदा संसद्मा घनीभूत छलफल चलाउने तयारी कांग्रेसको छ ।


0 comments
Write Down Your Responses