कसैसँग रिलेशनशिपमा हुनु एक सुखद अनुभूतिको महशुस गर्नु हो । तर, जब यो सम्बन्धमा पूर्णविराम लाग्छ पीडा महशुस हुन्छ । तपाईँ मध्ये कोहि यस्तो परिस्थितीमा पर्नुभएको छ भने निश्चित रुपमा यो समय तपाईँको लागि निकै पीडादायक छ ।
कसैसँग माया सहितको सम्बन्ध पछि अचानक जब यो टुट्छ यस्तो लाग्न थाल्छ कि सारा दुनिया खतम भयो, अब बाँच्नुको कुनै अर्थ छैन । तर, विशेषज्ञलाई मान्ने हो भने यो सबै आफुले जस्तो सोच्यो त्यस्तै हुन्छ ।
एक त्यो हो जसले हाम्तो जीवन निराश बनाईदिन्छ र अर्को जो हो उसलाई हामीले अपनायर नयाँ जीन्दगी सुरु गर्न सक्छौँ । हामीले जहाँ उज्यालो छ त्यहि बाटो रोज्नैपर्छ ।
एक पटक हामी पुरानो कुरालाई भुलेर अघि बढ्ने फैसला गर्यौँ भने ननरात्मकता पछाडी छुट्छ र तपाईँलाई लाग्छ की जे भयो राम्रो को लागि भयो । मनोवैज्ञानिकका अनुसार हरेक ब्रेकअपबाट तपाईँलाई केहि न केहि नयाँ कुरा सिक्ने मौका मिल्छ ।
तपाईँको पनि दिल टुटेको छ भने यो समय रुनेको लागि होइन मजबूतीसँग उभिनेको हो । जीन्दगीले हामीलाई हरेक पलमा केहि न केहि नयाँ कुरा सिकाउँछ नै, यो कुरा मनन गर्नुपर्छ ।
निराश नहुनुस् ! सम्बन्ध तोडिएपछि यि कुराहरु सिक्न पाईन्छ ....

0 comments
Write Down Your Responses