अन्तत: सलमान खानको विहे पक्का
एजेन्सी, वैशाख । भारतीय अनलाइनका समाचारलाई मान्ने हो भने बलिउड स्टार सलमान खानले सन् २०१६ भित्रै विवाह गर्नेछन् । भारतको ‘लिडिङ वेबसाइट’ भास्करडटकमले विभिन्न स्रोतलाई उद्धृत गर्दै यो समाचार बनाएको छ । र, उनकी बेहुली रोमानियाकी मोडल लुलिया वन्तुर बन्ने निश्चित भइसकेको पनि समाचारमा उल्लेख छ । समाचारमा सलमानले यही वर्ष विवाह गर्ने निर्णय गर्नुको कारण आमा सलमा बिरामी हुनुभएको बताइएको छ । आमाले सलमानले घर बसाओस् भन्ने चाहेकाले यस्तो कुरा आएको समाचारमा उल्लेख छ । यसअघि पनि बारम्बार लुलिया–सलमानको सम्बन्धबारे समाचार आइरहन्थे । तर, उनीहरूको सम्बन्ध मात्र होइन, विवाहबारे केही समययता सलमानले केही भनेका छैनन् ।


0 comments
Write Down Your Responses