ओली सरकार ढाल्न भारतको अर्काे खतरनाक चाल, प्रचण्डलाई पनि यसरी तह लगाउने ....
काठमाडौं, २७ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रयोग गरेर वर्तमान सरकार ढाल्ने दाउपेच रचेको भारत यो योजना सफल हुनेमा आशावादी थियो । त्यसैले भारतले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी महासचिव कृष्णबहादुर महरालाई नयाँदिल्ली बोलाएर ओली सरकार ढाल्ने योजना मन्तरेर पठायो । त्यसले केही दिन राजनीतिक हलचल पनि देखियो । तर, अन्तिममा प्रचण्ड डग्मगाए, ढल्नै लागेको ओली सरकारले त्राण पायो । यो घटनापछि भारत एकपटक फेरि नेपालमा आफ्नो अभिष्ट लाद्ने उपक्रममा असफल भएको छ । आफ्नो स्वार्थ अनुसार काम गर्ने सरकार बनाउन नसक्दा रनाहामा परेको भारत प्रचण्डले खुट्टा छाडेपछि यतिबेला के सोच्दै होला ?
के भारतको दाउपेच अब सकिएको हो ? समय बित्दै जाँदा यसका पाटाहरु खुल्दै जान थालेका छन् ।
भारत प्रचण्डलाई प्रयोग गरेर सरकार ढाल्ने योजनामा असफल भएपनि यसैका कारण हिम्मत हारिहाल्ने पक्षमा छैन किनकि भारतले यो रणनीति अपनाउनु अघि नै यसमा असफल भएमा कस्तो कार्ड फ्याक्ने भन्ने योजना बनाइसकेको छ । ‘
भारत एउटा कार्ड असफल हुँदैमा पछि हट्ने पक्षमा छैन,’ स्रोतको दाबी छ, ‘नयाँदिल्ली विशेष तयारीका साथ ओली सरकारसँग बदला लिने सोच अनुरुप सक्रिय भइरहेको छ ।
विश्वस्त स्रोतका अनुसार, नयाँदिल्ली कुनै पनि हालतमा यो सरकार ढालि हाल्नुपर्ने भन्दै पछिल्लो प्रचण्ड कार्ड असफल भएपछि उग्र रुपमै खडा हुने सोचमा छ । त्यसका लागि उसले सरकारमा रहेका साना दलहरुलाई सकेसम्म सरकारबाट बाहिर निकालेर र त्यसो गर्न असम्भव भएमा साना दलहरुलाई फुटाएरै भएपनि सरकार गिराउने खेल सुरु गरेको छ । ओली एमाओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत अधिकांश साना दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
ओलीलाई समर्थन गर्ने यी सबै दलको सांसद् संख्या ३३८ रहेको छ । यीमध्ये केही साना दलले समर्थन फिर्ता लिइसकेको अवस्था छ । यस्तोमा भारतले साना दलहरुलाई लोभ देखएर सरकार छाड्न लगाउने र ओली सरकारलाई प्रचण्डले अटेर गरेपनि ‘देखाइदिने’ ‘ग्रान्ड डिजाइन’ बनाएको छ ।
स्रोतका अनुसार यही योजना अनुरुप दिल्लीले केही दलभित्र विग्रहको बिऊ रोपिसकेको छ । दिल्लीले आफ्नो स्वार्थ पूरा गर्नकै लागि अहिले राप्रपा नेपालमा र राप्रपालगायत दलमा चलखेल गरेको स्रोत बताउँछ । राप्रपा नेपालमा त यसको साइडइफेक्ट नै देख्न थालिसकिएको स्रोतको दाबी छ । राप्रपा नेपालसँग रहेका २५ जना सांसदमाथि आँखा गाड्दै भारतले ४० प्रतिशत पुर्याएर यसलाई कमजोर बनाउने सोच बनाएको दाबी स्रोतको छ ।
‘प्रचण्डले नचाहेसम्म सरकार रहिरहने सन्देश प्रवाह हुन पुगेपछि अब दिल्लीले प्रचण्डलाई पनि देखाइदिने तयारी गरिरहेको छ,’ स्रोत भन्छ, ‘राप्रपा नेपाल, विजय गच्छदारको फोरम, राप्रपालगायतका दललाई आफ्नो योजनामा सहमत गराउने । सहमत नभएमा फुटाउने र सरकारलाई अल्पमतमा पार्ने रणनीति भारतको छ ।’ यस्तो रणनीतिलाई जसरी भएपनि साकार पारेर प्रचण्डलाई हैसियत देखाइदिने भन्दै भारत भित्रभित्रै सक्रिय बनेको बताइन्छ । त्यसका लागि भारतले ओली सरकार नरुचाएका सत्तासीन र विशेष गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई साथ लिएर चलखेल तीव्र बनाएको छ । यो योजनाअनुसार वजेट आउनु अगाबै सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने डिजाइनलाई मूर्तरुप दिने गरी काम भएको दाबी स्रोतले गरेको छ ।


0 comments
Write Down Your Responses