यस्तो डेन्जर प्लान थियो भारतको, धन्न प्रचण्ड, असफल पारिदियौं ....
बेला बेलामा हाम्रा नेताहरुले भन्ने गरेका छन् की भारतको बक्र दृष्टि कायम रहेसम्म नेपालको विकास त के राजनीतिक स्थिरता समेत कायम हुन सक्दैन । हुन पनि हरेक राजनीतिक परिवर्तनहरुमा भारतले कुनै न कुनै रुपमा आफुलाई नेपालमाथि हावि बनाउन खोजेका उदाहरणहरु छन् ।
वर्तमान सरकार गिराउने, संसद विघटन गराउने लगायतका योजना सहित लागिपरेको भारत अन्ततः असफल भएको छ, नेपाली जनताले उस्को यो योजनालाई असफल पारिदिएका छन् ।
भारतको स्वार्थ र चाहना विपरित गठन भएको वर्तमान सरकारलाई भारतले सबैभन्दा नरुचाएको सरकारका रुपमा हेरिएको छ । यहि सरकारले राष्ट्रियताका पक्षमा जनबल श्रीजना गरेको थियो ।
भारत विरोधी भावना पनि अहिले नै उच्च रुपमा बढेको अवस्था थियो । यस्तोमा कांग्रेस सभापति शेरबहादुर देउवामार्फत सत्ता गठबन्धनका मुख्य पिल्लरका रुपमा रहेका प्रचण्डलाई केपी ओली सरकार ढाल्न भारते उक्साएको थियो ।
अनि उसैले प्रधानमन्त्री ओलीलाई पनि उसैगरी उक्साईरहेको थियो कि सरकारको समर्थन फिर्ता लिए संसद विघटन गर्नुपर्छ भन्दै । यस बीचमा भारतीय दुतावासले गरेका गतिविधिहरुलाई एमाओवादी अध्यक्ष प्रचण्डले शुक्ष्म विश्लेषण पनि गरिरहेकै थिए । भारतीय दुतावासले सरकार परिवर्तनबारे तत्कालै निर्णय गर्न र नेतृत्व लिन प्रचण्डलाई बुधबार दिनभर भनिनै रहेको थियो ।
आफुसँग पछिल्लो समय सम्पर्कमै आउन नचाहने भारतीय दुतावासले किन यस्तो गरिरहेको छ भन्दै प्रचण्ड शशंकित बनिसकेका थिए । भारतले प्रचण्ड उचालेर ओलीमाथि अविश्वासको प्रस्ताव लैजाने अनि ओलीलाई उचालेर संसद विघटन गराउने भित्रि योजनामा बनाइसकेको थियो ।
भारतको चाहना प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भन्दा पनि संसद विघटन गराउनु नै मुख्य थियो । उस्ले यती हुनासाथ न सरकार रहन्थ्यो न नयाँ संविधान नै रहन्छ भन्ने विश्लेषण गरिसकेको थियो र भोजभतेरको तयारी समेत थालीसकेको थियो ।
खिलराज रेग्मी जस्तै अर्को सरकार बनाउने , अस्थिरताकैबिच धार्मीक विषय उठान गर्ने अनि आन्दोलन गराएर धर्म र राजतन्त्रका विषयलाई संविधानमा स्पेस दिलाउने मुख्य योजना बनाएर भारतीय अधिकारीहरु पवछिल्लो ७२ घण्टादेखि सल्बलाइरहेका थिए ।
यस्तो अवस्थामा उनीहरुले प्रचण्डलाई भरयाङ मात्र बनाउन खोजेका थिए । यती कुरा बुझेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुधबार राति ११ बजे फोन गरेर नआत्तीन भनिसकेका थिए ।
प्रचण्डले कुरो के हुदो रहेछ बुझ्छु मात्रै म प्रधानमन्त्री बन्दीन भनेका कारण ओली पनि ढुक्क थिए । बिहीबार बिहानै निवासमा पार्टीका शीर्ष नेतालाई बोलाएर प्रचण्डले सबै सुनाए ।
अनि ओलीलाई साँझसममका लागि मन्त्रिपरिषद् सार्न भने । लगत्तै आफ्नो निवास आएका देउवालाई म प्रधानमन्त्री बन्न सक्दीन भन्ने जवाफ फर्काए भने एमाले उपाध्यक्ष बामदेव गौतमलाई शत्र छन्, सरकार ढल्दैन भनेर पठाए ।
विमलेन्द्र निधी त फोनमै प्रधण्डले धोका दियो भन्दै बाहिरिएको सञ्चारकर्मीहरुले सुनेकै थिए । यसरी एउटा षड्यन्त्रको अन्त्य गर्ने र नेपाललाई आफ्नै पारामा चल्नका लागि योगदान गर्ने प्रचण्डको हिम्मतले फेरि एक पटक दुर्घटनाबाट राजनीति जोगिएको छ ।


0 comments
Write Down Your Responses