अन्ततः प्रधानमन्त्रीले यसरी लिए भारतसँग बदला, सरकार ढाल्न खोज्नेलाई कडा जवाफ

काठमाडौं, २४ वैशाख । एमाओवादीलाई उस्काएर एमाले नेतृत्वको वर्तमान सरकार ढाल्ने प्रयास गरेको भारतलाई अर्काे धक्का लागेको छ । आफ्नो नेतृत्वको सरकार ढाल्न खोज्ने भारतसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक रुपमा बदला लिएपछि उसलाई धक्का लागेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर भारतले ओली सरकार ढाल्ने र प्रचण्डको नेतृत्वमा एमाओवादीको सरकार बनाउने ग्राण्ड डिजाइन बनाएको थियो । जून कुरा प्रचण्डले अन्तिममा थाहा पाएपछि असफल भयो । ओलीले यसरी लिए भारतसँग बदला कांग्रेस र एमाओवादीलाई उचालेर आफूले नेतृत्व गरेको सरकार ढाल्ने षडयन्त्र भारतकै भएको थाहा पाएपछि ओलीले भारतसँग कुटनीतिक बदला लिएका छन् । त्यो भनेको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण ।
 नेपालका प्रधानमन्त्रीलाई पहिलो भ्रमण आफ्नै देशबाट गराइरहेको भारतले राष्ट्रपतिलाई पनि पहिला आफ्नो देशबाटै भ्रमण गराउन तयारी गरेको थियो । यसको अवसर उज्जैनमा आयोजना हुने कुम्भ मेलाले जुटाइदिएको थियो । वैशाख २७ गतेदेखि पाँच दिनका लागि भ्रमणमा जाने तय भइसकेको थियो । नेपाल र भारतबाट भ्रमणको सबै तयारी पुरा भइसकेको थियो । तर, बुधबार नेपालमा अचानक सरकार परिवर्तनको खेल सुरु भयो । एमाओवादीले सरकार छाडेर आफ्नै नयाँ सरकार बनाउने निर्णयले दिनभरी ओली तनावमा रहे । यो खेल भारतको हो भन्ने कुरा ओली र प्रचण्डले बुधबार राति नै थाहा पाए । दोस्रो दिन विहान एमाओवादी त्यो निर्णयबाट पछि हट्यो ।
 विहीबार विहानै मन्त्रिपरिषद बैठक बस्नुपर्ने थियो तर, एमाओवादीका मन्त्री नआएपछि साँझलाई सारियो । राति ९ बजेपछि बसेको बैठकले थुप्रै निर्णय गर्यो तर, मिति नजिक पुगिसकेको राष्ट्रपति भण्डारीको भारत भ्रमण भने पास गरेन् । त्यसपछि शुक्रबार (आज) विहान प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास पुगे । भ्रमणबारे राष्ट्रपतिसँग परामर्श गरे । साथै भारतीय डिजाइनबारे पनि राष्ट्रपतिलाई सुनाएर अहिले भारत जान उचित नहुने सुझाव दिए । त्यसपछि भ्रमण रद्द गर्ने प्रस्ताव ओलीले राखे । प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपति भण्डारीले सहमति जनाइन् र मन्त्रिपरिषदले भ्रमण रद्द गरायो ।
 स्रोतका अनुसार भारतले नेपालको आन्तरिक मामिलामा फेरि हस्तक्षेप गर्न प्रयास गरेको प्रतिक्रियास्वरुप ओलीले भ्रमण रद्द गराएका हुन् । यसलाई कुटनीतिक शैलीको बदला भन्न मिल्ने जानकारहरु बताउँछन् । यता राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भ्रमणको सबै तयारी पुरा भइसकेको भएपनि मन्त्रिपरिषदबाट निर्णय नहुँदा रद्द भएको बताउँछन् । भ्रमण रद्द गरिएको सूचना परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई पठाइसकेको छ । राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो ।

0 comments

Write Down Your Responses