ओलीविरुद्ध कांग्रेसले पनि सुरु गर्यो भित्रभित्रै ठूलो खेल, यदि राजीनामा दिएनन् भने…
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई सादा कागजमा धमाधम हस्ताक्षर गराएको छ । कांग्रेसले बुधबार दिनभरि आफ्ना अधिकांश सांसदहरुलाई हस्ताक्षर गराएको हो ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बेला सांसदहरुको हस्ताक्षर आवस्यक पर्नेभन्दै कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर गराएको स्रोतले जनाएको छ । ‘मैले पनि सादा कागजमा हस्ताक्षर गरेको छु’, सांसद राजु खनालले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिएपछि अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि होला हस्ताक्षर गराएको ।’
एमाओवादीले कांग्रेससहितका दलको समर्थनमा आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउन अपील गरेकै दिन ठूलो दल कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । कांग्रेसले अत्यन्तै आवश्यक काम बाहेक राजधानी बाहिन नजान आफ्ना सांसदहरुलाई निर्देशन पनि दिएको छ ।
स्रोतका अनुसार एमाओवादीले पनि आफ्ना सांसदहरुलाई पनि सादा कागजमा हस्ताक्षर गराउने तयारी गरेको छ । एमाओवादीले भोलिसम्म सबै सांसदको हस्ताक्षर संकलन गरेर राख्ने तयारी गरेको बुझिएको छ


0 comments
Write Down Your Responses