छिन मै बाबु छिन मै छोरा बन्न गाह्रो भयो : आर्यन सिग्देल (भिडियो सहित)
काठमाडौं, २२ बैशाख । नायक आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘होमवर्क’लाई लिएर निक्कै उत्साहित छन् । ‘कुसुमे रुमाल २’का डेब्यू निर्देशक निरक पौडेलको दोश्रो प्रोजेक्टमा आर्यनले एकैपटक दुुई भूमिका निर्वाहा गरेका छन् । त्यो पनि फरक पुस्ताको नेतृत्व गर्दै । अनपढ बाबु र पढेलेखेको छोराको भूमिकामा देखिएका छन् । यसरी एकैपटक फरक फरक भूमिकामा देखिएका आर्यनलाई गेटअप परिवर्तन गर्दा गाह्रो अभिनयका क्रममा निक्कै गाह्रो भएको थियो ।
काम गर्दा जति नै गाह्रो भएको भएपनि अहिले उनी आफ्नो त्यहि गाह्रो भूमिकालाई लिएर खुशी छन् । फिल्मको ट्रेलर हेरेर दर्शकले दिएको प्रतिकृयाले उनले फिल्म छायाँकनका क्रममा आफूलाई भएको सबै दुुःख बिर्सिएको बताउँछन् । यो फिल्मले दर्शक हलसम्म तान्नेमा विश्वस्त छन् । दर्शकले मनोरञ्जनका लागि फिल्म हेर्न जाने भएकोले आफ्नो फिल्मले दर्शकलाई मनोरञ्जन दिने उनको भनाई छ ।
आर्यनसँगै नम्रता श्रेष्ठ, गौरी मल्लले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । यो फिल्ममा बाबु र छोरा छिनछिनमै बन्नुपर्ने र त्यसका लागि गेटअप परिवर्तन गर्नु पर्ने हुँदा छायाँकनका बेला आफूलाई निक्कै गाह्रो भएको बताएका छन् ।

0 comments
Write Down Your Responses