दिल्लीमा कसले हैरान खेलायो देउवालाई ? भित्रि रहस्य त यस्तो पो रहेछ बल्ल खुल्दै ..!!

काठमाडौं, ३० बैशाख । ‘नाकको उपचार गर्न मेरो अझै दुइ –चार दिन दिल्ली बस्ने कार्यक्रम थियो तर यताबाट सरकार ढल्नुपर्यो छिटो आउज भनेर ताकेता लगाएको लगायै गरे । म आएँ । आएर यो मान्छेको ताल देख्दा छक्क परेको छु ।’ साताको सरकार ढाल्ने र बचाउने प्रचण्ड खेलोबारे आफ्ना निकटस्थसँग शेर बहादुर देउवाले भन्दै गए , ‘मैले सरकार ढालौ भनेको पनि होइन । उ आफै आयो ।त्यतिले नपुगेर कुरा गर्नलाई अनेक मान्छे पठायो । ’ प्रचण्डले देउवालाई भनेका रहेछन् , ‘ अहिले मलाई चलाउन दिनुस् । नै महिना रहन्छु । त्यसपछिको बाँकी नौ महिना तपाईले चलाएर चुनाव गराउनुस । ’ केन्द्रीय समितिका विश्वासिला माझ गल्ती स्वीकार्दै देउवाले भने , ‘ मान्छे यति विश्वासघाती हुन्छन भन्ने कल्पना पनि गरेको थिइँन । अब यो मान्छेसँग फेरि फेरि कुरा गर्दा १० चोटी सोच्नुपर्छ । ’ उनले भारतको चाहना पनि सुनाए , ‘पहिले ओलीको सरकार बिदा गर्नुपर्ने भन्ने कुरा थियो । तर , प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीलाई बिदा गर्नु पर्छ भन्ने थप लाइन आयो । मैले त म आफै बन्ने गरि सोचेको थिएँ । दिल्ली जानु अघि पनि प्रचण्डसँग पटक पटक कुरा भएको हो । ’ कांग्रेससँग नयाँ सत्ता सहकार्यका लागि एमाओवादीले सात बुँदे सम्झौता गर्ने गरी मस्यौदा नै तयार पारेका खुलासा पनि देउवाले गरेका छन् । अाजकाे जनअास्था साप्ताहिकमा खबर छ । .

0 comments

Write Down Your Responses