सरकार परिवर्तनको खेलमा फेरि लाग्यो प्रचण्ड माओवादी

KP-Oli-and-Puspakamal Dahal Prachandकाठमाडौं, ९ जेठ । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा रहेको छ । नागरिक दैनिकले समाचार छापेको छ । दुई दलबीच सहमति अनुसार जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्य सुरु हुने माओवादी निकटस्रोतले जनाएको छ । सामान्यतया सरकारले बजेट प्रस्तुत गरेको एक दुई दिनभित्रै एकतिहाइ खर्च गर्ने गरी पेस्की खर्च विधेयक पारित गर्ने प्रचलन छ । त्यसपछि गठबन्धनलाई नेतृत्व फेर्ने बाटो खुल्छ । बजेट पारित भएपछि निर्वाचन नभएसम्म माओवादी र एमालेबीच सरकारको नेतृतव आलोपालो गर्ने भद्र सहमति छ । वैशाख २३ गते दुई दलबीच नौबुँदे सहमति भएको थियो । जसअनुसार हालको गठबन्धा भने कायमै राखेर नेतृत्व फेरिनेछ ।

0 comments

Write Down Your Responses