राष्ट्रिय सभामा कुटाकुट [भिडियाे]

दक्षिण अफ्रिकाको राष्ट्रिय सभामा कुटाकुट भएको छ । राष्ट्रपति ज्याकोभ जुमाको विरोध गरिरहेका इकोनोमिक फ्रिडम फाइटरका सदस्यहरुले राष्ट्रिय सभामा राष्ट्रपति जुमाको विरोध गर्दै उनलाई पदत्याग गर्न भनेका थिए । उनीहरुको विरोध गर्ने शैली पनि अचम्मको थियो । उनीहरु गीत गाउँदै राष्ट्रपतिको विरोध गरिरहेका थिए । उनीहरु भनिरहेका थिए,‘हामीलाई मार तर पनि हामी डराउँदैनौ, तिमी निस्किएर जाउ.....हामी चुप हुदैनौ ।’ उनीहरुले राष्ट्रपतिलाई राष्ट्रिय सभामा नबोल्न आग्रह गरेका थिए । यत्तिकैमा सुरक्षाकर्मीहरुको एक हुल संसद भवनमा छिरे । उनीहरुबिच हात हालाहाल भएको थियो । सुरक्षाकर्मीहरुले उनीहरुलाई बल प्रयोग गर्दै राष्ट्रिय सभामा बाहिर लगेका थिए । इएफएफका केही सदस्यहरुलाई सुरक्षा कर्मीले घिसार्दै बाहिर लगेका थिए । इएफएफका नेता मालेमाले राष्ट्रिय सभा इएफएफका सदस्यहरुमाथि भएको आक्रमणको भत्सना गरेका छन् । उनले राष्ट्रपति ज्याकोभलाई चुनौती दिदै कडा शब्दमा उक्त आक्रमणबारे प्रष्टिकरण दिन माग गरेका छन् ।

0 comments

Write Down Your Responses