सरकार परिवर्तनका लागि यसरी भएको थियो तीनबुँदे सहमति (सहमति पत्रसहित)

२१ वैशाखः प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन । नयाँ पत्रिका पत्रिका दैनिकले समाचार छापेको छ । तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, ‘शान्तिप्रक्रियाको काम अझै टुंगिएको छैन । सीमांकनलगायतका विवाद मिलाएर संघीयता कार्यान्वयन गर्न पनि ढिलाइ भइरहेको छ । त्यस्तै, पुनर्निर्माणको काम स्वाभाविक रूपमा अघि बढ्न नसक्दा जनतालाई मर्का परेको छ । राष्ट्रिय सहमति बनाएर सबै जटिल विषयलाई सम्बोधन गर्न नेतृत्व तपाईं लिनुस् भनेर कांग्रेसले मलाई भनिसकेको छ । अब हामीले के गर्ने रु साझा निष्कर्ष बनाउन प्रधानमन्त्रीको प्रतिक्रियाको अपेक्षा छ ।’ जवाफमा ओलीले भने, ‘निष्कर्ष तपाईंले नै दिइसक्नुभयो, अब खाना खाऔँ, बाँकी कुरा भोलि शीर्ष तहमा बसेर गरौाला ।’ २२ वैशाख : नयाँ सरकार बनाउने माओवादीको निर्णय बिहानै एमाले उपाध्यक्ष वामदेव गौतम एमाओवादी अध्यक्ष प्रचण्डकहाा गए । वामदेवले सरकार नछाड्न, बरु विकल्पका लागि केपी ओलीलाई आफूले सहमत गराउने प्रस्ताव प्रचण्डसाग राखे । तर, लगत्तै कांग्रेस नेता विमलेन्द्र निधि पनि लाजिम्पाट पुगे । एमाओवादीको पदाधिकारी बैठकपछि ११ बजे प्रचण्डकै हस्ताक्षरमा विज्ञप्ति आयो जसमा पार्टीको नेतृत्वमा सरकार बनाउने उल्लेख थियो । 

वक्तव्यलगत्तै प्रचण्ड बारपाकलगायत गोरखाका विभिन्न गाउामा गए, तर हावाहुरीले उनको हेलिकोप्टर फर्कन ढिलो भयो । त्यतिन्जेलसम्म एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई चिनियाा राजदूतले भेटिसकेका थिए । कृष्णबहादुर महरा र स्वयं प्रचण्डसाग पनि बेइजिङले घटना विवरणबारे फोनवार्ता गरिसकेको थियो । त्यहीबीचमा कांग्रेस र एमाओवादीबीच नयाा सरकार बनाउने सहमतिको मस्यौदा बनाउन कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा एमाओवादीबाट महरा, वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर खटिएका थिए । तर, विमलेन्द्र र स्वयं शेरबहादुर देउवाले खोज्दा पनि रमेश लेखक भने सम्पर्कमा थिएनन् । त्यसैले मस्यौदा बनाउन ढिलो भयो । सााझसम्म सातबुादे मस्यौदा त बन्यो, तर ढिलो भएकाले भोलिपल्ट मात्र हस्ताक्षर गर्ने सहमति भयो । बेलुका लाजिम्पाटमा एमाओवादीको स्थायी कमिटीको बैठक बस्यो । धेरैजसो मन्त्रीले सरकार छाड्न नहुने, बरु एमालेसाग नयाा समझदारी गर्नुपर्ने विचार राखे । यता कांग्रेसका तर्फबाट विमलेन्द्र निधि प्रचण्डसाग निरन्तर सम्पर्कमा थिए ।33

 सरकार छाड्ने औपचारिक जानकारी लिएर सााझ एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव महरा प्रधानमन्त्री निवास पुगे । एमालेबाट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि थिए । यसरी सत्तारुढ गठबन्धनका दुई वामपन्थी दलबीच लगातार दोस्रो राति बालुवाटारमा वार्ता भयो । पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने घोषणा गरेर बालुवाटार पुगेका प्रचण्डले आफूलाई सघाउन केपी ओलीसाग आग्रह गरे । तर ओलीले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा ठीक छ, एमालेकै प्रस्तावमा तपाईं प्रधानमन्त्री हुनुस्, वाम गठबन्धन नतोडौँ, यसले मुलुकको हित गर्दैन र संविधान पनि कार्यान्वयन हुन सक्दैन, सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन दिनुस् अनि हाम्रै प्रस्तावमा प्रधानमन्त्री बन्नुस् ।’ ओलीले यो पनि भने, ‘भोलि सम्झौताको ड्राफ्ट बनाउनुहोस्, म खाली काजगमै पनि सही गर्न तयार छु ।’

0 comments

Write Down Your Responses