विवाहकै रातमा बेहुलीको हत्या, कारण झनै शर्मनाक ! ....
एजेन्सी । पाकिस्तानमा एउटा अचम्मित पार्ने घटना बाहिर आएको छ । एक जना युवाले विवाहकै रातमा आफ्नी १९ वर्षीय श्रीमतीको हत्या गरेका हुन् ।
यसका पछिको कारण भने सबैलाई अचम्मित पार्ने खालको रहेको छ । ‘डेकन क्रोनिकल’ को रिपोर्टअनुसार उनलाई भर्जिन नभएको भन्दै उनका पतिले विवाहकै रात हत्या गरेका हुन् ।
पाकिस्तानको सिन्ध प्रान्तको ज्याकोबाबाद जिल्लामा खानजादी लशारी नामकी युवतीको हत्या भएको हो । उनको शब विस्तारामा नै फेला परेको थियो ।
उनका २८ वर्षीय पति कलन्दर बख्त खोकरले कटनको सुरुवालको डोरी बनाएर हत्या गरेका थिए । कलन्दर उनकै मामाका छोरा थिए । युवतीका परिवारले घटनाबारे प्रहरीमा जानकारी गराएका छन् ।


0 comments
Write Down Your Responses