यसकारण विवादको घेरामा परे अनमोल र श्रृष्टी ....

काठमाडौं, २१ वैशाख । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ चलचित्र ‘गाजलु’ का कारण विवादमा तानिने भएका छन् । चलचित्रको बिषयलाई लिएर कुमारी घरले प्रश्न उठाएपछि निर्माता रोहित अधिकारी समेत निकै तनावमा छन् । चलचित्रले वाल्यकालमा कुमारी जीवन विताएकी यूवती कुमारी नरहेपछि के हुन्छ भन्ने कथालाई उठाउन खोजेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि कुमारी घरले आफूहरुलाई बोलाएर बिषयवस्तुको बिषयमा सोधपुछ गरेको निर्माता रोहित अधिकारीले बताए । रोहितद्वारा जारी विज्ञप्ती अनुसार ‘चलचित्र कुनै पनि जाति विशेषको सम्प्रदाय परम्परालाई लिएर कोही कसैको मनोभावना तथा संकृतिलाई ठेस पुर्‍याउने उद्देश्यले प्रस्तुत गर्न खोजिएको होइन ।’ चलचित्रमा समावेश केही संवादहरु कथाको माग भएकाले समावेश गरिएको उनको प्रष्टोक्ति छ । रोहितले जारी गरेको विज्ञप्तीमा समावेश छ । हेमराज वीसीले निर्देशन गरेको चलचित्रमा श्रृष्टी कुमारी यूवतीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको ट्रेलरलाई अहिले रुचाइएको छ । जेठ २८ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

0 comments

Write Down Your Responses