फेरी पूर्व प्रेमीका क्याटरिनालाई फेरी सम्हाल्दै सलमान, चिन्तामा सलमानकी प्रेमीका लुलिया ...

एजेन्सी । बलीउडमा सलमानको जे पनि बिक्छ । यो कुरा उनको प्रेम, रोमान्स, यौन र चलचित्र प्रर्दशनदेखि स्टारडमसम्मका कुराले पुष्टी गरीसकेको छ । यसैबिच सलमान खान र उनले नै बलीउडमा प्रवेश गराएकी सुन्दरी नायिका क्याटरिना कैफबिच देखिएको अस्वभाविक सम्बन्धका कारण यतिबेला भारतीय मिडिया रंगीएको छ । बलिउडमा क्याटरिनालाई जमाउन सहयोग गरेका सलमानलाई क्याटरिनाले कुनै समय धोका दिएर रणबिरको साथ रोजेकी थिइन् । रणबिरसागको प्रेममा मस्त बनेकी उनी केही समयमा नै ब्रेकअपको शिकार बनिन् । कारण रणबिरले पनि क्याटरिनालाई धोका दिए । त्यसपछि चिन्तामा रुमलिएकी कैटरिनालाई सलमानले यतिबेला सम्हाल्दै छन् ।सलमानको सिफारिसमा तीन निर्देशक कबीर खान, आनंद राय र राजकुमार संतोषीले कैटरीना को आगामी फिल्ममा खेलाउन तयार रहेका भारतिय मिडियाले जनाएका छन ।संतोषीका फिल्ममा त सलमान खुद कैटरिनाका हिरो बन्ने छन । अर्को खबर यो पनि आएको छ आगामी गर्मीमा सलमानले आफ्नो कपडाको ब्रान्डमा कैटरिनाको अनुहार देखाउने भएका छन ।त्यसैले कैटरिनाले यति बेला यसै ब्रान्डको लागी फोटो सुट पनि गराएकी छिन । जसका कारण यि दुईको दोस्ती यति बेला फेरी यतिबेला गहिरीएको छ । फितुर को सुटिंगका बेला पनि धेरै पटक कैटरिनाले सलमानलाई भेटेकी थिइन । क्याटरीनाको यसरी एक्कासी पूर्वप्रेमी सलमानसँग हिमचिम बढेसँगै सलमानकी प्रेमीका लुलिया चिन्तामा परेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses