सनी लियोनीका ९ विवादास्पद भनाईहरु यस्ता छन जसले बलिउडमा तरंग ल्यायो ....
अभिनेत्री सनी लियोनीको अभिनय रहेको फिल्म वान नाईट स्ट्याण्ड शुक्रबार रिलिज भएको छ । बोल्ड अवतारमा प्रस्तुत हुने सनी आफ्नो केहि विवादास्पद बोल्ड भनाईहरुका कारण पनि चर्चामा आउने गर्छीन् । यसै बर्षको जनवरीमा दिएको एक अन्र्तवार्तामा उनलाई सोधीएको थियो तपाईको कुनै दुखद क्षण छ ? यसको जवाफमा उनले भनीन् –नाँई मेरो कुनै यस्तो क्षण छैन । मलाई कहिल्यै चोट पनि लागेन । मेरो बलात्कार पनि भएको छैन । मलाई कसैले पनि पिटेको छैन । म ठुली भएपछि म माथी त्यस्तो नराम्रो व्यवहार भएको छैन । उनको यो भनाईले निकै चर्चा पायो । उनका अन्य यस्तै भनाईहरुले पनि चर्चा पाएका छन् । उनका ९ विवादास्पद भनाईहरु तल पढ्नुहोस् ।
.को सुरुवातको एक अन्र्तवार्तामा सनीलाई बलिउड अभिनेत्रीहरुसँग उनको मेल कस्तो छ ? भनेर सोधीयो जसको जवाफमा उनले –”बलिउडमा सुरु सुरुवमा आफू निकै एक्लो भएको महसुस हुने बताएकी थिईन् । सबैले उनलाई घुरेर हेर्ने गर्थे तर कुरा गर्दैनथे । केहि ए –लिस्टका कलाकारहरु उनीसँग काम गर्न पनि चाहदैनन् । त्यस्तै केहि अभिनेताका पत्नीहरु आफ्ना पतीलाई उनीसँग काम गर्न दिदैनन् ।”
२. २०१६ जनवरीमै उनले ईन्डीयाका महिलाहरु उनलाई देखेर जल्ने, डराउने आफ्ना पतीहरुलाई लिएर असहज महसुस गर्ने गर्छन् भन्ने प्रश्नमा जवाफ दिईन् –” मसँग डराउनु पर्दैन । म कसैको पतीलाई पाउन चाहन्न । म सँग हट , सेक्सी र ट्यालेन्टेड श्रीमान् हुनुहुन्छ । मलाई तपाँईहरुको श्रीमान् चाहिएको छैन ।
”
३.विवादका कारण चर्चा बटुल्ने कमाल आर खानले २०१३ मा ट्वीट गर्दै सनी लियोनीले यस्तो भनेकी छ्नि –बलात्कार अपराध हैन । यो त सरप्राईज हो । भनेर लेखेका थिए । तर सनीले यो कुरा आफूले नभनेको भन्दै अस्वीकार गरेकी थिईन् ।
४.एक च्यानललाई दिएको अन्र्तवार्तामा सनीले आफ्नो अतितको बारेमा कुनै पछुतो नभएको बताईन् । बिगतका कारण उनी आज बिगार्न चाहन्न् । उनी बिगतका कारण नै आज यो स्थानसम्म पुगेकी छिन् । सनीका अनुसार उनलाई पोर्न उद्योगमा जान कसैले पनि उक्साएको थिएन । उनी आफ्नै ईच्छा र चाहनाले गएकी थिईन् ।
५. २०१६ को सुरुवातमा दिएको एक अन्र्तवर्तामा सनीले मानिसहरुको सोच सेयरर गर्दै भनिन् –”हामी जहाँ पनि जान्छौ त्यहाँ मुल्यांकन गर्ने समाज नै पाउँछौ । यहाँ मलाई मेरो अतीत हेरेर मुल्यांकन गरिन्छ । मानिसहरुले मेरो बारेमा गलत धारण बनाई राखेका छन् । उनीहरु मेरो पोर्न ईमेजका बारेमा मात्रै सोच्छन् । उनीहरु ध्यान दिदैनन् म पनि एक आम महिला हुँ ।”
६.एक च्यानललाई दिएको अन्र्तवार्तामा सनीले आफ्नो सुरुवाती बलिउडको सम्झना गर्दै भनिन् –” मलाई याद छ जब म बलिउडमा नयाँ थिए त्यस बखत म एक अवार्ड सेरेमनीमा पुगेकी थिए । अवार्ड सेरेमनीका सदस्यहरु मलाई कोही अभिनेता वा अभिनेत्रीसँग स्टेजमा पठाउन चाहन्थे । तर कसैले पनि मसँग स्टेजमा जान मानेनन् । त्यो एकदमै अचम्मको पल थियो । मलाई लागेको थियो मानिसहरु मेरो बिरोधमा छन् या मसँग डराउँछन् । उनीहरुको दिमाग मा के चलेको हुन्छ त्यो थाहै हुदैन ।”
७. एक चर्चित म्यागजिनलाई दिएको अन्र्तवार्तामा सनीले पोर्न ईन्डस्ट्रीका बारेमा बताईन् । सनीका अनुसार -“सबैले एडल्ट ईन्स्ट्रीलाई नाई भन्ने भन्ने गर्छन् । के गर्ने के नगर्ने त्यो सबैको अधिकार पनि हो । तर कुनै पनि काम गर्दा , कन्ट्रयाक्ट पढीसकेपछि निर्णय लिन सकिन्छ । त्यो काम गर्ने की नगर्ने । म यो कुराको प्रमाण हुँ । यदि एडल्ट ईनड्रस्ट्रीलाई ब्यापारको रुपमा लिईयो भने मानिसहरुले तपाँईको शोषण गर्दैनन् ।”
८. “मैले वान नाईट स्ट्याण्ड गरिसकेकी छु । कसले गर्दैन ? यदि कसैले गरेको छैन भन्छ भने त्यसले झुटो बोलेको हो । म सिंगल भएको समयमा मैले यस्तो गरेकी हुँ । अब भने मेरो साथमा एकदमै माया गर्ने पती हुनुहन्छ । मैले यस्तो गर्न मिल्दैन ।”
९.”संसारको जुनसुकै कुनामा गएपनि तपाईलाई उस्तै मानिसहरु भेटीने छन् । फरक मात्र उनीहरुको धर्म र सस्कृतीको हुनेछ ।”
फोरसी नेटवर्क बाट साभार


0 comments
Write Down Your Responses