के तपाइलाई थाहा छ .. रक्सी खाँदा किन गरिन्छ चियर्स ?
यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे । यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे । तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे ।
जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।
यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो ।
तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् । चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो । राजा महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने ।
प्राचिन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ ।मध्यकालमा चियर्सलाई सम्मानको रुपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो । १७ औं र १८ औं शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठूलो झगडाहरु समेत निम्त्याए । सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन् ।

0 comments
Write Down Your Responses