आफ्नै कोठामा १८ वर्षीया युवती मृत फेला ..!!

भक्तपुर, वैशाख २३। रातमाटे गाविस–१ नुवाकोट घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकस्थित गणेश दुवालका घरमा भाडामा बस्ने १८ वर्षीय अन्जना थापाको शव शङ्कास्पद अवस्थामा आज भेटिएको छ । थापाको कोठा यही वैशाख २१ गतेदेखि नखुलेको र आवातजावत समेत नभएपछि दुवालले कोठाको ताल्चा खोल्दा खाटमा उनलाई मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातेको टोलीले थापाको कोठाको अनुसन्धान गर्दा भेटिएको परिचयपत्रबाट उनी कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थाहा भएको छ । खाटमा सुतेको र नाकबाट रगत आएको अवस्थामा थापाको शव भेटिएको र अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए । रासस

0 comments

Write Down Your Responses