त्यो तीन मिनेट, जस्ले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्यो ..!!

काठमाडौं । बिहीबार बिहान घडीमा करिब ८ बजेर ४० मिनेट गएको थियो । बिहानैदेखि भावि प्रधानमन्त्रीको निवासमा समाचार संकलन गर्ने भन्दै सञ्चारकर्मीहरु पुगिसेका थिए । प्रचण्ड निवास, अघिपछि भन्दा बेग्लै रौनकमा थियो । आते जाते गर्नेहरुको संख्या पनि बाक्लै थियो । अनि चुरिफुरीमा रमाउनेहरुको पनि । यतीकैमा एउटा गाडी भित्र पस्यो ।

 निस्कीए, एक युवा नेता, अर्थात् कांग्रेसका युवा नेता, अमरेशकुमार सिंह । अनि पत्रकारहरुले कुरा काट्न थाले शेरबहादुरले सरकार बनाउने की रणजीत रायसँग मिलेर अमरेशले ? यस्तै सवाल चलिरहदा विमलेन्द्र निधी र शेरबहादुर पनि प्रचण्डको बैठक कक्षमा प्रवेश गरिसकेका थिए । भित्र पस्ने वित्तकिै शेरबहादुरले प्रचण्डलाई भने–‘प्रचण्डजी अब पीएम तपाईं हो, तपाईंले आजै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिहाल्नुस्, हामीले हस्ताक्षर संकलन गरेका छौं, आवश्यक परे दिन्छौं । छिटो गरिहाल्नुस, ओलीलाई अब धेरैदिन टिक्न दिनु हुन् ।’ देउवाले प्रस्ताव राखेपछि प्रचण्डले भने– ‘हामी त अहिले पनि सत्तारुढ नै हौं नी, तपाईहरु प्रमुख प्रतिपक्षी हुनुहुन्छ, तपाईं प्रस्ताव दर्ता गर्नुस्, हामी समर्थन फिर्ता लिन्छौं, कुरै सकियो ।’ 

प्रचण्डले यसो भन्दा देउवाले प्रधानमन्त्री बन्ने तपाई, म कीन अघि सर्ने खालको जवाफ दिए । अनि प्रचण्डले रातभरको हल्लालाई ख्याल गर्दै एकैछिन सोचमग्न भए । अनि जवाफ दिए–‘सरि देउवा जी, म अहिले प्रधानमन्त्री बन्दीन । मलाई कुनै रहर छैन, जानुस् ।’ उनले यती बोल्न नभ्याउँदै रातो निलो भएका देउवा झोक्कीदै योजना असफल पार्ने यार, यसरी काँ हुन्छ भन्दै उठेर हिडे, निधीले फकाउने प्रयास गरे, तर, प्रचण्ड टसको मस भएनन् । कांग्रेसका नेताहरु बर्बराउँदै बाहिरिए । यसरी करिब तीन मिनेट देउवासँग सम्वाद गरेका प्रचण्डले मुड फेरेका थिए । अनि ओली सरकार बचेको थियो । नेपाल सन्देशमा खबर छ |

0 comments

Write Down Your Responses