मनिषाको हत्यामा ठूलो गिरोह संलग्न भएको दाबी, संसदमै भयो हंगामा , कुन नेताले के भने ?

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीकी बहिनी मनीषा घर्तीको शंकास्पद मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न देश तथा विदेशमा रहेका नेपालीहरुले माग गरि रहेका छन् ।आम सर्वसाधारण नेपाली जतनाले छानविनको माग गर्नु पर्ने आवाज उठीरहेको समयमा संसदको बैठकमा शुक्रबार विशेष समय लिएर केही सांसदहरुले मनीषाको मृत्युको वास्तविकता बाहिर ल्याउन चर्को दबाद दिएका छन् । सांसदहरुले घटनाको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । विषेश समयमा बोल्दै सांसद विक्रम खनालले मनीषा र प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मात्रै घटनामा संलग्न हो कि होइन भनेर सुक्ष्म रुपले छानविन गर्न माग गरे । ‘मनीषको मृत्यु प्रकरणमा ठूलो अपराधिक समूहको संलग्नता रहेको हुन सक्छ ।’ उनले भने । यस्तै अर्की सांसद दिलशोभा पुनले मनीषको हत्यामा आशिष भनिने रुद्रनारायण चौधरीले नै हत्यामा संलग्न रहेको हुन सक्ने बताईन । उनले विशेष समय लिएर बोल्दै आफुलाई प्रहरीले दिएको जानकारी र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने उनको ठम्याई छ । शरीरका विभिन्न भाग खोल्सिएको, कोठाभित्र रगत लागेका कारण घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न उनको माग छ । आमा उपचारका लागि बुटवल गएको र दाई उपचारका लागि बेल्जियम गएको समयमा मनीषाको हत्या भएको सांसदहरुको ठम्याई थियो । बुधबार राति नवलपरासीको बर्दघाट नगरपालिका– ८ भुताहास्थित आफ्नै घरभित्र मनीषाको झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

0 comments

Write Down Your Responses