अभिनेत्री ड्रग काण्डमा मुछिएपछि फरार

मुम्बई । नब्बेको दशककी हीरोइन ममता कुलकर्णी फेरि बिबादको घेरामा परेकी छिन् । यसपटक ममता नाङ्गो तस्बिर खिचाएर नभइ ड्रग माफियासँग जोडिएका कारण उनको चर्चा भएको हो । ड्रग माफियासँगको घुलमिल भएको थाहा पाएपछि ठाणे पुलिसले ममतालाई निगरानीमा राखेको जनाएको छ । ड्रग मुद्दामा पक्राउ परेका व्यक्तिको बयानका आधारमा स्थानीय पुलिसले ममतालाई निगरानीमा राखेको समाचारमा उल्लेख छ । ममता अफ्रिकामा बस्दै आएका व्यवसायी विकी गोस्वामीसँग रहेको जनाइएको छ । गोस्वामीले ड्रग स्मग्लिङ गर्दै आएको खुलेको छ । निर्माता÷निर्देशक राजकुमार संतोषीसँग झगाडा भएपछि ममता कुलकर्णीले विकी गोस्वामीसिट विवाह गरेकी थिइन् । ठाणेमा ठूलो मात्रामा नशालु पदार्थसहित ड्रग माफिया पक्राउ परेपछि ममताका पति गोश्वामीको नाम आएको थियो । ममता कुलकर्णी अफ्रिकी मुलुक केन्याको राजधानी नायरोबीमा बस्दै आएको बताइएको छ । एजेन्सी

0 comments

Write Down Your Responses