भेडाले गरायो महिलाबीच फाइट ! रमाले सवितालाई खुकुरी हानिन्
रुकुम, १९ वैशाख । रुकुममा एउटा भेडाका कारण महिलाबीच कुटाकुट भएको छ । कुटाकुटै क्रममा एक युवतीले महिलामाथि खुकुरी प्रहार गरेकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चौरजहारी नगरपालिका–२ टिकाचौर बस्ने २२ वर्षीया रमा पुनले सोही ठाउँकी ३५ वर्षीया सबिता बिकलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकी हुन् । पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनको भेडाले आँगनमा सुकाएको मकै खाएको बिषयलाई लिएर उनीहरुबीच शनिबार बादविवाद हुँदा बिकलाई पुनले टाउकोमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि चौरजहारी मिसन अस्पताल लगिएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments
Write Down Your Responses