महिला पुलिस अफिसरको सेक्सी सेल्फीले चीनमा हंगामा
एजेन्सी । चीनको लियाउनिंग प्रान्तको तन्तुन्ग सहरमा एक महिला पुलिस अफिसरले युनिफर्म (बर्दी)मै आफ्नो सेक्सी तस्वीर खिच्दा जागिरै गुमाउनुपरेको छ ।
उनले सेक्सी तस्वीरलाई अनलाईन सामाजिक सञ्जाल वीबोमा पोष्ट गरेकी थिइन् । उक्त तस्वीर सार्वजनिक भएपछि विवाद सिर्जना भएको थियो । फोटोमा यी महिला पुलिस अफिसरले पुलिस युनिफर्मको टप मात्रै लगाएकी छिन् । यसमा शर्ट पैन्ट पनि छ ।
महिला अफिसर जूल पुलिस स्टेशनमा काम गर्थिन् त्यहाँका अधिकारीले शुक्रबार भनेका छन कि फोटोकै कारण उनलाई जागिरबाट बर्खास्त गरिएको हो । ती महिला अफिसरबाट युनिफर्म (बर्दी) फिर्ता लगिएको छ ।
जागिरबाट निकाल्ने निर्णयको इन्टरनेटमा कडा आलोचना भएको छ । केही मानिसले यो निर्णयको समर्थन गरेका छन् भने केही यो निर्णयको विरोध गर्दै यसलाई रुढिवादी परम्पराको निरन्तरता र फोटोलाई बुझ्न नसकेको भनेका छन् ।
समर्थन गर्नेहरुले भनेका छन् पुलिस युनिफर्ममा राष्ट्रियता झल्किएको हुन्छ । यस्तो रुपमा प्रयोग हुनुहुँदैन् । बर्दीलाई सम्मान गर्नुपर्छ । यो विषयले चीनको लियाउनिंग प्रान्तमा पुरै बहस भइरहेको छ ।
यसअघि मेक्सिकोमा पनि एक महिला पुलिस अफिसरले स्तन देखाएर बर्दीमै न्यूड फोटो खिचेर सार्वजनिक गरेपछि त्यहाँको पुलिस प्रशासनले बर्खास्त गरेको थियो ।


0 comments
Write Down Your Responses